December 11, 2017
न्योम (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको अन्तिम १६ चरणको ड्र सार्वजनिक भएको छ । यस अन्तर्गत दुई उपाधि दाबेदार मानिएका टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र रियल म्याड्रिड एक आपसमा भिड्ने छन् । अन्य महत्त्वपूर्ण खेलहरुमा बार्सिलोना र चेल्सी भिड्दै छन् । त्यस्तै युभेन्टस र इङ्ग्लिस क्लब टोटनह्यामको भिडन्त पनि हेर्न लायक हुने छ ।त्यस्तै […]
December 11, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो । तर सो जितमा टोलीका कप्तान भिन्सेन्ट कम्पनी फेरि घाइते हुने पुगे । चोटबाट फर्किएका कम्पनीलाई हिजोको खेलमा हाफ टाइममा परिवर्तन गरिएको थियो । दुई वर्ष देखि विभिन्न चोटहरुसँग जुधिरहेका कम्पनी फेरि लामो समयका लागि घाइते भएको अनुमान गरिएको छ । […]
December 11, 2017
म्यानचेस्टर (एजेन्सी)– प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएपछि ड्रेसिङ्ग रुममा दुई पक्षबीच झगडा भएको छ । श्रोतका अनुसार युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो र सिटीका गोल किपर एडर्सनबीच भनाभन भएपछि माउरिन्होमाथि दुध र पानी फालिएको थियो । जितपछि सिटीका खेलाडीहरुले ड्रेसिङ्ग रुममा ठूलो आवाजमा संगित बजाउँदै खुसी मनाएका थिए […]
December 11, 2017
भिलारियल (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा तालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले भिलारियललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । यस सिजन लिगमा अपराजित रहेको बार्सिलोनाले पहिलो हाफमा भिलारियलको डिफेन्सलाई तोड्न सकेन । तर घरेलु टोलीको मिडफिल्डर राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोनाले त्यसको फाइदा […]
December 11, 2017
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ । सिटीका लागि डिफेन्डर निकोलस ओटामेन्डिले निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडले एक गोल फर्काउँदै खेल बराबरी बनाएको थियो । […]
December 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन चैतमा हुने भएको छ । एन्फा केन्द्रिय समितिको आज बसेको बैठकले निर्वाचन दुई तहमा गर्ने र केन्द्रिय निर्वाचन चैत १४ गते गर्ने निर्णय गरेको हो । पहिलो चरण अन्तर्गत ४५ जिल्लामा पुस ५ गतेदेखि महिना दिन भित्र गरिसक्ने निर्णय लिएको छ । यसअघि तय निर्वाचन […]
December 10, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले ‘मर्सिसाइड डर्बी’ मा १-१ को बराबरी खेलेका छन् । लिभरपुलका लागि मोहम्मद सालाहले गोल गरे भने एभर्टनका लागि वायन रुनीले गोल गरेका थिए । लिभरपुलका लागि सालाहले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलभरि लिभरपुलले राम्रो पकड राखे पनि ७७ औं मिनेटमा […]
December 10, 2017
साउथह्याम्टन (एजेन्सी)– खेलको अन्तिम तिर ओलिभर गिर्राडको गोलमा आर्सलनले प्रिमियर लिगमा आज साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको छ । चार्लिन अस्टिनले तेस्रो मिनेटमा साउथह्याम्टनले घरले मैदानमा अग्रता लिएको थियो । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गिर्राडले गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए । ७२ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गिर्राडले एलेक्सस […]
December 10, 2017
भिल्लारियल (एजेन्सी) – स्पेनिश ला लिगामा आज अग्रस्थानमा रहेको बार्सिलोना छैठौंमा रहेको भिलारियलको सामना गर्दै छ । भिल्लारियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि जाभियर मासेरानो र आन्द्रेस इनिएस्टा घाइते रहेका छन् । त्यसैले उनीहरुको स्थानमा थोमस भर्मेलिन र सर्जी रोबर्टो खेल्ने सम्भावना रहेको छ । […]
December 10, 2017
दुहवी (हाम्रो खेलकुद) – विभागिय टोली त्रिभुवन आर्मी क्लब मनमोहन स्मारक दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले सेमिफाइनलमा अग्नी रुपन्देही ११ र हिमालयन शेर्पाको विजेतासँग सेमिफाइनल खेल्नेछ । आजको खेलको निर्धारित समय १–१ को बराबरीपछि खेल निर्णयका लागि […]