December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोलीले आयोजक बंगलादेशको सामना गर्दै साफ यू–१५ महिला फुटबल प्रतियोगिताको सुरुआत गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा हुनेछ । नेपाल, बंगलादेशसँग भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपाल […]
December 17, 2017
रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले रेनेसलाई ४-१ ले हराएको छ । पिएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए । खेलको सुरुवाती मिनेटमै पिएसजीले नेयमारको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । […]
December 17, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले गए राति टोटनह्यामलाई ४-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले २ गोल गरेका थिए । खेलको १४ औं मिनेटमा इल्के गुन्डगोनको गोलमार्फत सिटीले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७० औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]
December 17, 2017
अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई पोर्चुगेली स्टारले […]
December 16, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको तेस्रो स्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदै ३ अंक खातामा जोडेको छ । चेल्सीका लागि निर्णायक गोल मार्कोस अलोन्सोले गरेका थिए । पहिलो हाफमा राम्रा अवसरहरु पाए पनि चेल्सीले त्यसको सदुपयोग भने हाफको अन्तिम मिनेटतिर मात्र गर्यो । डि-बक्सभन्दा बाहिर पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै मार्कोस अलोन्सोले यस सिजनको […]
December 16, 2017
धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै ए र बी टोली धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पबिलक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । आज भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन् । धनगढी रंगशालामा सुदूपश्चिम ११ ए ले नेपाल […]
December 16, 2017
पोखरा (हाम्रो खेलकुद) – संगम कप फुटवल प्रतियोगिताको पहिलो दिन हेमजा युनाइटेड क्लब र आर टी सेन्टरले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हेमजाले काजिपोखरी एफसीले ४–१ ले हराएको थियो । हेमजाको जितमा ईश्वर नेपालीले २, सुमन सुनार र अस्मित कुवंरले समान १ गोल गरे । काजिपोखरीका लागि हेमन्त तामाङले गोल […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चोभारको मोडर्न इन्डियन स्कुल र गोदावरी क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सेन्ट जेभियर्स गोदवारीको आयोजनामा जारी प्रतियोगितामा आज बाडेगाँउको ज्वालाखदेवी विद्या मन्दिरलाई ३–२ ले हराउँदै मोर्डन इन्डियन अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । विजयी टोलीका लागि रोजन बज्राचार्य, सबल महर्जन र […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५महिला फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामाना गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः१५ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ । आज भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपालले डिफेन्समा ध्यान दिएको कारणले फाइनल पुग्ने बताएकी छन । यस्तै […]
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – जारी दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगितामा मनाङले आर्मीलाई २-१ ले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो । मनाङका लागि विमल राणाले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमै मनाङका विशाल राईले गोल गर्दै […]