default_image

फुटबल

December 18, 2017

आयोजक र क्रेस्सेन्ट मोरान फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्र्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ए र गोदावरीकै क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजकले धापाखेलको जेम्स स्कुललाई सडन डेथमा ३–२ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो । जेम्सका दिवाकर शाह खेलको म्यान […]

December 18, 2017

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धनगढी रंगशालामा सोमबार भएको खेलमा अत्तरियाले आयोजक फारवेष्ट पशु्पति क्लबलाई ४–० ले तथा न्यु बुद्ध युवा क्लवले फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५—४ ले पराजित गर्दै […]

December 18, 2017

नेपालका लागि भोली भारतसँगको खेल ‘गर वा मर’ !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि साफ यु १५ महिला फुटबल च्याम्पियनसिपमा मंगलबारको खेल गर वा मरको अवस्थामा रहेको छ । पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले भारतसँगको खेल गुमाएमा टोलीको यात्रा राउन्ड रोविन मै टुंगिन सक्छ ।   पहिलो खेलमा लज्जास्पद हार आयोजक बंगलादेशसँग ६–० को हारपछि नेपाली टोलीमाथि दबाब छ । फाइनल पुग्ने सम्भावनालाई जीवित […]

Ronaldo Zidane

December 18, 2017

रोनाल्डो करियरको अन्त्य सम्म रियलमा बस्न जरुरी छ – जिदान

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिप्पणीहरु आउने गरेका छन् । प्रशिक्षक जिनेदिन जिदान भने क्लबका कीर्तिमानी स्ट्राइकर रोनाल्डोको खेल जीवनको अन्त्य सोही क्लबबाटै भएको हेर्न चाहन्छन् । ३२ वर्षे रोनाल्डो भविष्यमा पुनः म्यानचेस्टर युनाइटेड फर्किन सक्ने वा करियरको अन्त्यतिर नयाँ अनुभवको खोजीमा रहन सक्ने हल्लाहरु चलिरहँदा जिदानले भने […]

December 18, 2017

प्रिमियर लिगमा लिभरपुलको फराकिलो जित

बोर्नमथ (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४-० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । लिभरपुलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फिर्मिनोको पासमा डेजान लोभ्रेनले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर […]

December 18, 2017

बार्सिलोनाको जितमा स्वारेज र पौलिन्होको दुईदुई गोल

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर […]

December 17, 2017

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]

December 17, 2017

मोरान र डन बोस्को अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– झापा महेशपुरको मोरान मेमोरिअल स्कुल र लुभूको नेपाल डन बोस्को २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै लिटिल एन्जेल्स र सेन्ट जेभियर्स जावलाखेल पनि समूह एबाट अन्तिम आठमा पुगेका छन् । आज १–१ को बराबरी खेलेपछि मोरान समूह सीको विजेता र डन बास्को उपविजेता रुपमा अघिल्लो चरण […]

December 17, 2017

नेपाली विरुद्ध बंगलादेश [ फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । तस्बिरहरु: नेपाल खेलकुद पत्रकार मञ्च  

December 17, 2017

म्यानचेस्टर युनाइटेड वेस्ट ब्रोमको सामना गर्दै

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेसटर युनाइटेड आज साँझ वेस्ट ब्रोमको सामना गर्दै छ । वेस्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् । त्यस्तै माइकल क्यारिय र एरिक बाई पनि खेलमा सहभागि हुने छैनन् […]

Success

Thank you for your time.