January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष […]
January 4, 2018
म्याड्रिड (एजेन्सी) – चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुन: फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमा गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले स्पेनिस क्लबसँग खेल्न नपाउने थिए । एथेलेटिकोबाट पहिलो खेलमा मैदान प्रवेश गरेको ५ मिनेटमा उनले गोल गरेका हुन् । कोपा डेल रेमा लेइडा एस्पोर्ट्युविरुद्दको खेलमा बेञ्चबाट […]
January 4, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी र आर्सनल २-२ को बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा आर्सनलले गोल गर्दै १ अंक सुनिश्चित गरेको थियो । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा दुवै टोलीबाट दुई-दुई गोल भयो । आर्सनलका ज्याक विल्सेरले खेलको ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए […]
January 4, 2018
बार्सिलोना(एजेन्सी)– चोटबाट पूर्ण ठिक भएपछि बार्सिलोनाका स्टार उसमाने डेम्बेले अबको खेलमा मैदानमा उत्रने सम्भावना छ । बार्सिलोनाले कोपा डेल रेमा सेल्टा भिगोको सामना गर्ने अनुमान गरिएको छ । बार्सिलोनाले यो सिजनको क्लबको कीर्तिमानी रकममा १ सय ५ मिलियन युरोमा बोरुसिया डर्टमन्डबाट किनेको थियो । युवा स्टारलाई नेयमारको विकल्पको रुपमा भित्राइएको थियो । नेयमार यहि सिजनको […]
January 3, 2018
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिना पछि हुने एन्फाको निर्वाचनका लागि थापाले उम्मेदवारी घोषणा गरेका हुन् । आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् । अहिल एन्फाको जिल्ला संघहरुको […]
January 3, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका ३० वर्षीय मिडफिल्डर आर्डा टुरान यो जनवरी ट्रान्सफरमा बार्सिलोना छाड्ने संकेत देखिएको छ । २०१५ मा एथेलेटिको म्याड्रिडबाट बार्सिलोनासँग आबद्ध भएयता आफुलाई प्रमाणित गर्न असफल टर्कीस मिडफिल्डर नियमित फुटबलको खोजीमा इङ्लिस् प्रिमियर लिगमा आबद्ध हुने सम्भाना रहेको छ । बार्सिलोनाबाट लिगामा ३५ खेल मात्र खेलेका टुरानले यो सिजनमा कुनै पनि खेल खेलेका छैनन् । काटालान पत्रिका […]
January 3, 2018
लिभरपुल (एजेन्सी) – बार्सिलोनाको तीन पटक सम्मको प्रयासलाई विफल गर्दै कौटिन्होलाई कुनै हालतमा क्लब छाड्न नदिने अठोटमा रहेको लिभरपुल आफ्नो अडानबाट पछि हटेको र अब यहि जनवरी विन्डोमा उनलाई बेच्न तयार रहेको स्पेनिस फुटबल विशेषज्ञ गुइलेम बलागले जनाएका छन् । स्काई स्पोर्ट्समा लेखिए अनुसार कौटिन्होको बार्सिलोना मोहको कारण लिभरपुलले बार्सिलोनाको प्रस्ताव सुन्ने भएको छ । समर ट्रान्सफर […]
January 3, 2018
लमजुङ (हाम्रो खेलकुद)– बेसीशहर युथ सोसाइटीले २६ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । आयोजक त्रिवेणी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै बेसीशहर च्याम्पियन बनेको हो । बेशीशहरले तीन वर्षको अन्तरमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहज खेल मैदानमा बुधबार भएको फाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेलमा […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन् । लिग अन्तर्गत बुधबार भएको खेलमा आर्मीले मध्यपश्चिमलाई १२–० ले तथा एपीएफले पश्चिमाञ्चललाई १४–० ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल […]
January 3, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यो वर्ष बलोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यो उनको पाँचौं बलोन डी’ओर उपाधि हो । तर म्याड्रिडबाट प्रकाशित हुने पत्रिका मार्साले गरेको सर्वेक्षणमा भने बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी सन् २०१७ को उत्कृष्ट फुटबल खेलाडी रहेको देखाएको छ । सर्वेक्षणको आधार भनेको उपाधि भन्दा पनि व्यक्तिगत […]