January 23, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगका महारथी क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले सम्भवत: जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो ट्रान्सफर पुरा गरेका छन् । क्लबहरुको सहमति पश्चात विङ्गर एलेक्सिस स्यान्चेज म्यानचेस्टर युनाइटेड तथा मिडफिल्डर हेनरिक मिखीतार्यान आर्सनल पुगेका छन् । दुवै क्लबले आफ्ना पूर्व-खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । म्यानचेस्टर युनाइटेडले करारको […]
January 22, 2018
म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिड टोटेनह्यामका स्टार ह्यारी केनलाई विश्व कीर्तिमानी रकममा भित्राउने योजनामा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रसिया विश्व कप अघि नै सम्झौता गर्ने गरि रियलले २ सय मिलियन पाउन्डको प्रस्ताव गर्ने सम्भावना रहेको बताइएको छ । स्पेनिश साविक विजेता रियल जारी सिजनमा लिगको चौथो स्थानमा रहेको छ । टोलीका तीन […]
January 22, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को तेस्रो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मीले भुटानको ड्रुक युनाइटेड एफ सीलाई ५-० को अन्तरले हराएको छ । खेलको २० औं मिनेटमा पदम तामाङले आर्मीका लागि खाता खोलेका थिए । त्यस्तै पदमले ४१ औं मिनेटमा फेरि गोल गर्दै टोलीको […]
January 22, 2018
लण्डन (एजेन्सी) – पछिल्लो दश वर्षमा उत्कृष्ट खेलाडिले पाउने बलोन डि’ओरमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोकै दबदबा कायम छ । तर अबको केहि वर्षमा भने सो उपाधि जित्नेमा नयाँ खेलाडिको नाम आउने सम्भावना पनि उत्तिकै छ । त्यस्ता ३ खेलाडिहरुको सुची यस प्रकारको रहेको छ: ३. किलियन बाप्पे फ्रान्सका बाप्पे अहिलेको उत्कृष्ट युवा […]
January 22, 2018
भिल्लारियल (एजेन्सी) – साउदी अरबिया र ला लिगा बीचको साझेदारीले ९ साउदी खेलाडीलाई फाइदा पुर्याएको छ । स्पेनका शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले साउदीका ९ खेलाडीलाई ६ महिने लोनमा अनुबन्ध गरेका छन् । भिल्लारियल, लेगानेस र लेभान्टे लगायतका तीन ला लिगाका क्लब र स्पोर्टिंग गिजोन, नुमान्सिया, रेयो भालेकानो र रियल भालाडोलिड गरेर चार दोस्रो […]
January 22, 2018
सेभिल्ला (एजेन्सी) – रियल बेटिसको घरेलु मैदानमा बार्सिलोनाले ५-० को सहज जित निकालेको छ । ला लिगाको खेलमा लियोनल मेस्सी र लुइस स्वारेजले दुई-दुई गोल गरे भने इभान राकिटिकले पनि गोल गरे । पहिलो हाफ गोलरहित भएपछि राकिटिकले ५९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता […]
January 22, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिश लालिगा अन्तर्गत साविक विजेता रियल म्याड्रिडले डेपोर्टिभोलाई ७-१ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, लुका मोड्रिच र नाचोले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा गोल खाएपछि घरेलु टोली रियलले खेल पुरै उल्टाएको हो । ३२ औं मिनेटमा नाचोले गोल गर्दै खेल बराबरी पारेका थिए भने […]
January 21, 2018
लण्डन (एजेन्सी) – रियल म्याड्रिडले टोटेनह्यामका इङ्लिस स्ट्राइकर ह्यारी केनलाई विश्वको सबैभन्दा महँगो खेलाडि बनाउन तयार रहेपनि टोटेनह्यामले यो समर विन्डोमा केनलाई नबेच्ने स्काई स्पोर्ट्सले जनाएको छ । स्काई स्पोर्ट्सका अनुसार रियलले केनलाई भित्राउन नेयमारको विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डको सरुवा रकम उछिन्ने तयारीमा रहे पनि स्पर्सले भने उनलाई बेच्ने छैन । स्पर्सका प्रमुख कार्यकारी […]
January 21, 2018
लमजुङ (हाम्रो खेलकुद) – ललितपुरको नख्खिपोट युवा क्लब आठौं संस्करणको पारेदेवी नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लमजुङको दोर्दी गाउँपालिका दुबारगाउँमा भएको फाइनल खेलमा सेभेन लक्की युवा क्लब हिलेलाई १–० ले पराजत गर्दै नख्खिपोट च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा सौरभ मगरले गरेको गोल नै नख्खिपोटलाई च्याम्पियन बन्न पर्याप्त बन्यो । […]
January 21, 2018
इटहरी (हाम्रो खेलकुद) – मदन भण्डारी इटहरी गोल्डकपको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ लाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ । मनाङको जितमा मिडफिल्डर सुजल श्रेष्ठले ह्याट्रिक गरे । खेलको ५ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका सुजलले ११ औं मिनेट र १९ औं मिनेटमा दुइ गोल पेनाल्टी मार्फत गर्दै ह्याट्रिक […]