default_image

फुटबल

February 5, 2018

म्याराडोनाको घरमा अगुएरोलाई कालोमोसो

काठमाडौं (एजेन्सी) – अर्जेन्टिनाका दिग्गज फरवार्ड डिएगो म्याराडोनाले म्यानचेस्टर सिटी एवं अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सर्जियो अगुएरोको फोटोमा कालोमोसो दलेका छन् । म्याराडोनाको निवासमा भएको एक तस्बिरमा उनले जानाजान अगुएरोको तस्बिरमा कालोमोसो लगाएका हुन् । म्याराडोनाको छोरीसँग ६ वर्षअघि अगुएरोले डिभोर्स गरेका थिए । सन् २००८ मा विवाह गरेको उक्त जोडीले सन् २०१२ मा […]

February 5, 2018

एटलेटिको जितमा गोडीनको दाँत भाँचियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको भ्यालेन्सिया र एटलेटिको म्याड्रिडको खेलमा एटलेटिकोका कप्तान डिएगो गोडीनको दाँत भाँचिएको छ । एटलेटिकोले खेल १-० ले जित्दा गोडीनको लागि भने खेल महँगो पर्यो । खेलको दोस्रो हाफमा भ्यालेन्सियाको गोलरक्षक नेटोसँग जुधेपछि उनको दाँत भाँचिएको हो । पेनाल्टी क्षेत्रभित्र क्रसलाई हेडीङ गर्ने प्रयास गर्दा नेटोको हातले […]

February 5, 2018

रोहितको टोली प्रेसिडेन्ट कपको सेमिफाइनलमा

काठमाडौं (कास)- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जकार्ता इन्डोनेसियाको प्रतिष्ठित प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार क्वाटरफाइनलमा पर्सिजाले मिट्रा कुकारलाई ३-१ ले पराजित गरेको हो । पर्सिजाको जितमा मार्को सिमिचले दुई गोल गरेका थिए । सिमिचले २० औं मिनेटमा सुरुआती अग्रता दिलाएपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पारे […]

February 5, 2018

रोमाञ्चक खेलमा टोटनह्याम र लिभरपुल रोकिए

 लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा तालिकाको तेस्रो स्थानमा रहेको लिभरपुल र पाँचौंमा रहेको टोटनह्यामले २-२ को बराबरी खेलेका छन् । लिभरपुलले खेलको तेस्रो मिनेटमा मोहम्मद सालाहको गोलमार्फत अग्रता लिएको थियो । परिवर्तित खेलाडि भिक्टर वान्यामाले खेलको ८० औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । खेलको ८७ औं मिनेटमा टोटनह्यामले खेलमा […]

February 5, 2018

बार्सिलोना हारबाट जोगियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना र एस्पान्योलको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा १-० ले पछि परेको बार्सिलोनाले अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । लियोनेल मेसीलाई विश्राम दिइएको खेलमा बार्सिलोनाले पहिलो हाफमा अग्रता लिन सकेन । दोस्रो हाफको ५९ अौं मिनेटमा मेसी पाको अल्कासेरको स्थानमा मैदान प्रवेश […]

February 4, 2018

मेयर कप फुटबलको उपाधि वालिङ नगरपालिकालाई

अर्जुन कार्की बागलुङ  – बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलको उपाधि स्याङजाको वालिङ नगरपालिकाले जितेको छ । आइतबार बागलुङको बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिका कास्कीलाई १–० गोलअन्तरले पराजित गर्दै वालिङले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका सफल थापाले गरेका […]

February 4, 2018

कोलकाताको दुर्गापुर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, आयोजक धरान पराजित

धरान (हाम्रो खेलकुद) – आायोजक धरान फुटबल क्लबलाई सडेन डेथमा हराउदै कोलकाताको दुर्गापुर स्टिल एफसी २० औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । निर्धारित र थप समयसयमा २–२ को बराबरीपछि खेल निर्णायका लागि पेनाल्टीमा पुगेको थियो ।   सडन डेथमा दुर्गापुर ४–३ ले विजयी भएको थियो । त्यसअघि पेनाल्टीमा ३–३ को […]

February 4, 2018

बायर्नको जितमा हामेसको उत्कृष्ट गोल

म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार शीर्षस्थानमा रहेको बायर्न म्युनिखले माइन्जलाई २-० ले पराजित गरेको छ । बायर्नको जितमा फ्रान्क रिबेरी र हामेस रोड्रिग्वेजको पहिलो हाफको गोल नै पर्यप्त रह्यो । रिबेरीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । हामेसले कोरेन्टिन टोलिसोको क्रसलाई छातीमा नियन्त्रण गर्दै उत्कृष्ट भली गोल गरेका थिए । रियल म्याड्रिडबाट […]

February 4, 2018

रियलका कप्तान सर्जियो रामोसले किर्तीमान बनाए

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड एवं स्पेनिस राष्ट्रिय टोलीका स्टार डिफेन्डर सर्जियो रामोसले शनिबार भएको खेलमा गोल गर्दै अनौठो किर्तिमान कायम गरेका छन् । शनिबार लेभान्ते विरुद्धको खेलमा रियल म्याड्रिडलाई अग्रता दिलाउने क्रममा उनले टोनी क्रुसको कर्नरमा हेडर गोल गरेका थिए । यससँगै रामोस ला लिगामा लगातार १४ सिजनसम्म गोल गर्ने पहिलो डिफेन्डर बनेका छन् […]

Nepal Police Club

February 4, 2018

आहा रारा गोल्डकपको फाइनलमा १४ लाखको टिकट बिक्री

पोखरा (हाम्रो खेलकुद) – हालै पोखरामा सम्पन्न १६ औं आहा रारा गोल्डकपको फाइनलमा करिब १४ लाखको टिकट बिक्रि भएको जनाइएको छ । पुलिस विरुद्ध थ्री स्टार बीच फाइनल खेलमा ९ हजार ४ सय ५३ टिकट बिक्रि भएको थियो । पास टिकटसहित करिब १२ हजार दर्शकले फाइनल खेल रंगशालामा हेरेका थिए । फाइनलमा टिकट दर १ […]

Success

Thank you for your time.