default_image

फुटबल

February 25, 2018

प्रिमियर लिगमा युनाइटेडले चेल्सीलाई हरायो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा शीर्ष ४ का लागि लडिरहेका दुई टोली म्यानचेस्टर युनाइटेड र चेल्सीको भिडन्तमा घरेलु टोली युनाइटेड २-१ ले विजयी भएको छ । युनाइटेडका लागि मिडफिल्डर जेसे लिन्गार्डले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा चेल्सीको लागि विलियनले गोल गर्दै पाहुना टोलीलाई अग्र्ता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा […]

February 25, 2018

केनको निर्णायक गोलमा टोटनह्याम विजयी

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा टोटनह्याम हटस्परले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । पाहुना टोली टोटनह्यामका लागि उसका स्टार स्ट्राइकर ह्यारी केनले निर्णायक गोल गरे । पहिलो हाफमा टोटनह्यामले अग्रता लिने केहि अवसर पाएको थियो । तर केनको प्रहार क्रिस्टल प्यालेसका गोलकिपर वेन हेनेसीले राम्रो बचाऊ गरेका थिए भने एउटा पेनाल्टी अपिलमा केनलाई अफ-साइड […]

February 25, 2018

मनाङ विकास रनिङ शिल्डको सेमिफाइनलमा

विनोदबाबु रिजाल चितवन – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको तेस्रो मिनेटमै पुलिसका रेजेन सुब्बाले […]

February 25, 2018

लिग कप फाइनलमा म्यानचेस्टर सिटी र आर्सनल भिड्दै

 लण्डन (एजेन्सी) – इंग्लिस लिग कप अन्तर्गत फाइनल खेलमा आज आर्सनल र म्यानचेस्टर सिटी वेम्ब्ली स्टेडियममा भिड्दै छन् । नेपाली समय अनुसार सो खेल १०.१५ बजे सुरु हुने छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आज गोलकिपरको स्थानमा क्लाउडियो ब्राभोलाई खेलाउने बताएका छन् । सिटीका लागि फाबियन डेल्फ निलम्बित छन्। त्यस्तै युवा फरवार्ड ग्याब्रियल जेससा पूर्ण […]

February 25, 2018

” प्राविधिक रुपमा नेयमार विश्वका उत्कृष्ट खेलाडी” – पेले

साउपाउलो (एजेन्सी)– ब्राजिलियन महान् खेलाडी पेलेले आफ्ना देशका नेयमार प्राविधिक रुपमा विश्वका उत्कृष्ट खेलाडी भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) का सुपर स्टार नेयमारको प्रशंसा गर्ने क्रममा पेलेले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि माथि रहेको बताएका छन् । नेयमार सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका थिए ।  तीन […]

February 25, 2018

गोर्खा वेलयर फेयर ट्रष्टको सहयोगार्थ मैत्रीपूर्ण खेल

काठमाडौं (हाम्रो खेलकुद)– बेलायती सेना (पूर्व र कार्यरत) नेपालीहरुको संस्था एफसी केन्ट गोर्खा भेट्रान युकेका केहि सदस्यको टोली यति बेला स्वदेश भ्रमणमा रहेको छ । गोर्खा वेयलफेयर ट्रष्ट फन्डको सहयोगार्थ एएफसी केन्ट गोर्खा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने योजनाका साथ नेपाल आएको हो । काठमाडौंको सिसीआरी अनाथल र पोखराको सहारा क्लबको एकेडेमीलाई सहयोग गर्ने उद्देश्यका साथ […]

February 25, 2018

बार्सिलोनाको जितमा स्वारेजको ह्याट्रिक, मेस्सीको दुई गोल

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे । बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सो खेलमा जिरोनाले आश्चर्यजनक अग्रता लिएको थियो । पाहुना टोलीका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे । […]

February 24, 2018

रोनाल्डोको २ गोलमा रियल विजयी

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले आलाभेसलाई ४-० को फराकिलो अन्तरले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रियलले खेलको ४४ औं मिनेटमा गोलको खाता खोल्न सफल भएको हो । करिम बेन्जेमाको पासमा रोनाल्डोले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै दोस्रो हाफ सुरु भएको पहिलो […]

February 24, 2018

साविक विजेता संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा

विनोदबाबु रिजाल चितवन – साविक विजेता संकटा क्लबलाई पाखा लगाउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा संकटालाई ३–२ गोलले पछि पार्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि म्यान अफ दी म्याच विकु लामाले दुई र रुपबहादुर […]

February 24, 2018

आर्मीलाई हेटौंडा गोल्डकप, जित्यो सिजनको छैटौं उपाधि

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । यस जितसँगै आर्मीले सिजनको छैटौं उपाधि जितेको छ । निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा आर्मीले पुलिसलाई ४-३ ले हराउँदै उपाधि जित्न सफल भयो । आर्मीले फाइनल सम्मको यात्रा तय गर्ने […]

Success

Thank you for your time.