default_image

फुटबल

March 3, 2018

झापा गोल्ड कप सुरु हुँदै – आयोजक र सुदूरपश्चिम भिड्ने

झापा (हाम्रो खेलकुद) –तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार उद्घाटन खेलमा आयोजक झापा ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ । हुनेभएको छ । झापा ११ को आयोजनामा हुने प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ ।  प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । सोझै क्वार्टरफाइनलमा स्थान […]

Neymar

March 3, 2018

विश्वकपका लागि फिट हुन नेयमार संघर्षरत

रियो डे जिनाइरो (एजेन्सी) – विश्व फुटबलका सुपरस्टार तथा ब्राजिलियन फरवार्ड नेयमारको खुट्टामा चोटको समाचार ब्राजिलियन समर्थक माझ ठूलो धक्काको रुपमा आएको छ किनभने नेयमार सोचेभन्दा लामो समयका लागि मैदानबाहिर रहने देखिएको छ । नेयमारको मार्से विरुद्धको खेलमा दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केको थियो । त्यो बेला शल्यक्रिया गर्दा दुई महिनासम्म बाहिर रहने जानकारी […]

March 3, 2018

किरणको टोली पराजित, उपाघि मौका अझै जीवित

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आई-लिगमा नेपाली गोलकिपर किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जाब चेन्नाई सिटीसँग २-१ ले पराजित भएको छ । किरण यस खेलमा पनि सुरुवाती ११ मै परेका थिए । घरेलु टोली चेन्नाई सिटीले खेलको पाँचौं मिनेटमा माइकल सुसाइराजको गोलबाट अग्रता लिएको थियो । पञ्जाबका चेन्चो ग्येल्चेनले टोलीलाई बराबरी दिलाए पनि चेन्नाईका अलेक्जानडर […]

Barcelona

March 2, 2018

“मेस्सीको कारणले बार्सिलोना विमानस्थल विस्तार हुन सकेन”

बार्सिलोना (एजेन्सी) – बार्सिलोना विमानस्थल यूरोपको व्यस्तमध्ये एक हो । यसको व्यस्ततालाई मध्येनजर गर्दै विभिन्न एयरलाइन्सका अध्यक्षहरुले थप रनवे बनाउने योजना अघि सारे पनि बार्सिलोनाका स्टार मेस्सी र अन्य खेलाडीहरुका कारण बार्सिलोना विमानस्थल विस्तार हुन नसकेको भुएलिन एयरलाइन्सका अध्यक्ष जाभियर सान्चेज-प्रिएटोले बताएका छन् । मेस्सी लगायत अन्य बार्सिलोनाका खेलाडीहरुको घर बार्सिलोना विमानस्थलबाट १० किलोमिटरको दुरीमा छ । प्रिएटोका अनुसार मेस्सीको घर माथिबाट विमान उडाउन रोक लगाइएको छ, […]

March 2, 2018

विकास रनिङ शिल्ड फाइनल : थ्री स्टार र एपिएफमा को बलियो ?

विनोदबाबु रिजाल चितवन– डेढ वर्ष मैदान बाहिर रहेको रुस्लान थ्रीस्टार क्लब फेरि फुटबलमा फर्किएको करिब २ महिनामात्रै भएको छ । तर, उसले यो बीचमा घरेलु फुटबलका ७ प्रतियोगिता खेलिसक्यो । उल्लेख्य के छ भने उसले ४ वटा त फाइनलै खेलिसक्यो । पाँचौंमा शनिबार १३ औं टुबोर्ग विकास रनिङ शिल्डका लागि खेल्दैछ । यसअघिका २ उपाधि […]

Ibra United

March 2, 2018

विश्वकपका लागि सन्न्यासबाट फर्किने इब्राहिमोभिचको संकेत

लण्डन (एजेन्सी) – स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले आउने विश्वकप २०१८ का लागि सन्न्यासबाट फर्किने संकेत दिएका छन् । २०१६ को युरोकपको समापनपछि इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यस लिएका थिए । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपश्चात इब्राहिमोभिच पिएसजीबाट म्यानचेस्टर युनाइटेड अाए । पहिलो सिजन राम्रो प्रदर्शन गरे पनि उनी यो सिजन भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै […]

Manchester City

March 2, 2018

आर्सनलको घरेलु मैदानमा सिटीको जित

लन्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा म्यानचेस्टर सिटीले ३-० को प्रभावशाली जित हासिल गरेको छ । जितसंगै सिटीले शिर्षस्थानमा अग्रता थप बलियो बनाएको हो । सिटीले सबै गोल पहिलो हाफमा गरेको थियो । बर्नान्डो सिल्भाले १५ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए भने डेभिड सिल्भाले २८ औं मिनेटमा भ्रमणकारी टोलीको अग्रता दोब्बर गरे । […]

March 2, 2018

ला लिगामा रोकिएसँग बार्सिलोनाको अग्रता घट्यो

लास पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १८ औं स्थानमा रहेको लास पास्माससँग १-१ को बराबरी खेलेको छ । खेलको सुरुवाती मिनेटमा लास पाल्मासको गोलकिपर लियान्ड्रो चिचिजोलाले लुइस स्वारेज र लियोनल मेस्सीको एक-एक वटा प्रहार रोकेका थिए । तर खेलको २१ औं मिनेटमा बार्सिलोनाले पाएको फ्रिकिकमार्फत मेस्सीले सुन्दर […]

Ganesh thapa

March 2, 2018

एन्फा निर्वाचनमा प्रतिबन्धित पूर्वअध्यक्ष थापाको छटपटी !

फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – अपवाद बाहेक चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाउनेछ । हरेक चार वर्षमा हुने निर्वाचनबाट पुरानैको नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व स्थापित हुनु स्वभाविक हुन आउँछ । एन्फाको नेतृत्व लिनका लागि स्पष्ट रुपमा दुईवटा प्यानल प्रचार प्रसारमा व्यस्त छन् । एउटा पक्षको नेतृत्व एन्फाका वरिष्ठ […]

March 1, 2018

मनाङलाई हराउँदै थ्री स्टार विकास रनिङको फाइनलमा, गोलकिपर एलेन नायक

विनोदबाबु रिजाल चितवन– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनलमा पुगेको छ । सडन डेथमा घरेलु फुटबलको अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई बिहीबार हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले शनिबार हुने फाइनलमा नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।   फ्रेण्ड्स क्लबलाई बुधबार ३–१ ले हराउँदै […]

Success

Thank you for your time.