default_image

फुटबल

March 10, 2018

मध्यपुर ग्रासरुटको दुवै लिगमा नेक्सस च्याम्पियन

मध्यपुर (हाम्रो खेलकुद)– मध्यपुर ग्रासरुट होम एण्ड अवे फुटबल लिगको जुनियर र सिनियर दुवैतर्फ नेक्सस इन्टरनेसनल एकेडेमी च्याम्पियन बनेको छ । झन्डै १० महिना भन्दा लामो समय चलेको सप्ताहन्त लिगमा सिनियरतर्फ ८८ र जुनियरतर्फ ६७ अंकका साथ नेक्सस च्याम्पियन बनेको हो । दुवैतर्फ १६ टोलीको सहभागिता थियो भने हरेक टोलीले ३० खेल खेलेका थिए । […]

March 10, 2018

च्याम्पियन्स लिगको सफलतापछि रियल ला लिगाको तयारीमा जुट्दै

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अधिकांश खेलाडी मुस्कानसहित टोलीको अभ्यासमा जुटेका छन् । फ्रान्सको राजधानीमा च्याम्पियन्स लिगको दोस्रो गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराएपछि पहिलो पटक रियलका खेलाडी अभ्यासमा जुटेका हुन् । जिनेदिन जिदानको टोलीले पछिल्लो खेलमा २–१ को जित हासिल गरेपछि समग्रमा ५–२ को अग्रतासहित रियल च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । च्याम्पियन्स […]

March 10, 2018

नेयमार नबेचे पिएसजीलाई युएफाको कारबाही

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार खेलाडी नेयमार समाचारहरुमा यस सिजनभरि नै रियल म्याड्रिडसँग जोडिएका छन् । पिएसजीले उनलाई यही सिजन १ सय ९८ मिलियन पाउन्डमा भित्राए पनि नेयमारको पेरिसमा समय समाप्तजस्तै देखिन्छ । पिएसजीले यस सिजन नेयमार भित्राएका हुन् भने अहिले लोनमा रहेका किलियन बाप्पेलाई पनि पिएसजीले स्थायी रुपमा अनुबन्ध गर्दै […]

March 10, 2018

फ्रेन्ड्स तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

बुटवल (हाम्रो खेलकुद)— ए डिभिजन टोली फ्रेन्ड्स बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पोखरा ११ लाई शुत्रबार १–० ले हराउँदै फ्रेन्ड्स अन्तिम आठमा पुगेको हो । जोन जिलोरेले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।पहिलो हाफमा फ्रेन्ड्सले खेलमा पकड बनायो । दोस्रो हाफमा पोखराले प्रदर्शनमा सुधार गरेपनि […]

March 9, 2018

दोस्रो पाँचथर गोल्डकप अर्को महिना

दिपक बोहोरा पाँचथर – पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । चैत २५ गते देखि सुरु हुने प्रतियोगितामा ए डिभिजनसहित ९ टोलीको सहभागिता रहने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पाँचथर क्लबको आयोजना हुने प्रतियोगिता बैशाख २ गते सम्म सञ्चालन हुनेछ । नाइन ए साइड फुटबलप्रतियोगितामा ए डिभिजन […]

March 9, 2018

आयोजक झापा गोल्डकपको फाइनलमा, थ्री स्टार पराजित

बिर्तामोड (हाम्रो खेलकुद) – आयोजक झापा ११ बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–३ ले हराउँदै झापाले कम्तिमा ६ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । झापाले उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी वा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । डोमालाल राजवंशी रंगशालामा निर्धारित […]

March 9, 2018

‘यो सिजन बार्सिलोनामा मेरो फरक भुमिका’ – मेस्सी

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजन टोलीमा आफ्नो पहिले भन्दा फरक भुमिका रहेको स्वीकारेका छन् । लियोनल मेस्सीले यस सिजन आफ्नो भुमिका पहिले जस्तो आक्रामक नभई खेलमा सन्तुलन ल्याउनतिर बढि रहेको बताएका छन् । मेस्सीले यस सिजन आफ्नो भुमिका मिडफिल्ड र फरवार्ड लाइनलाई जोड्ने रहेको खुलाएका छन् । त्यहि पनि मेस्सीले […]

mbappe

March 9, 2018

पिएसजीका बाप्पेको सम्झनामा चेल्सी

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन बाप्पेले कुनै समय प्रिमियर लिगको साविक विजेता चेल्सीमा अभ्यास गरेको धेरैलाई थाहा छैन । व्यावसायिक फुटबलमा जमिसकेका बाप्पेलाई अहिले पनि चेल्सीमा बिताएका पल भने याद छन् । पश्चिम लन्डनको क्लबमा बिताएको समय र अनुभवका बारेमा उनले भने, ‘म अहिले पनि युवा छु । त्यति बेला […]

Pique

March 9, 2018

पिकेलाई लिएर बार्सिलोना सावधान हुन् जरुरी

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका सेन्टर ब्याक जेरार्ड पिकेले बार्सिलोनाका पछिल्लो सबै खेल खेल्दै आएका छन् । तर उनी पूर्ण रुपमा फिट भने छैनन् ।  काटालान डर्बीमा गत फेब्रुअरी ४ मा घुँडाको चोट बोकेपनि मैदानमा देखा परेका पिकेले विश्राम भने पाएका छैनन् । त्यसपछिको बार्सिलोनाको खेलहरुमा पनि पिके घुँडाको चोटका कारण संघर्ष गर्दै गरेको देखिन्छन्  । पिकेको चोटलाई लिएर […]

March 8, 2018

सनसाइनलाई झापा महिला फुटबल उपाधि

सबिन शेर्मा झापा – धुलाबारीको सनसाइन महिला फुटबल क्लबले तेस्रो झापा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खुदनाबारीको जुनतारा फुटबल क्लबलाई बिहीबार ४–० ले हराउँदै सनसाइन च्याम्पियन बनेको हो । झापा सुरुङ्गाको कनकाई क्याम्पसको मैदानमा भएको फाइनलमा मुना लावती र रोमा भुजेलले समान २ गोल गरे । मुनाले चौथो र ६० औं मिनेटमा […]

Success

Thank you for your time.