default_image

फुटबल

March 14, 2018

‘बाहिरिनु क्लबका लागि नयाँ विषय होइन’ – मौरिन्हो

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिनु कुनै नौलो विषय नभएको प्रशिक्षक जोसे माउरिन्होले बताएका छन् । सेभियासँग मंगलबार २–१ ले पराजित हुँदै यनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । विसमन बेन येडरले सेभियाका लागि २ गोल गरेको खेलमा घरेलु मैदानमा युनाइटेडका लागि रोमेलु लुकाकुले सान्त्वना गोल फर्काएका थिए । पहिलो लेग गोलरहित […]

United

March 14, 2018

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

म्यानचेस्टर (एजेन्सी) – घरेलु मैदानमा भएको खेलमा सेभिल्लासँग १-२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । पहिलो लेग गोल रहित बराबरी पछि दोस्रो लेगमा युनाइटेड पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । सेभिल्लाको विसम बेन येडरले दुवै गोल गरे । युनाइटेडका लागि रोमेलु लुकाकुले गोल गरेपनि त्यो अपुग रह्यो । सेभिल्लाले पहिलो हाफमा […]

March 13, 2018

‘नेयमार फर्कने सम्भावना छैन’ –बार्सिलोना

बार्सिलोना (एजेन्सी)– ला लिगाको शीर्ष टोली बार्सिलोनाको बोर्ड अफ डाइरेक्टरले टोलीका पूर्व स्टार नेयमारलाई पुनः क्लबमा ल्याउने कुनै सम्भावना नरहेको बताएको छ । सिजनको सुरुवातमा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका थिए । बार्सिलोना बोर्डका प्रवक्ता जोसेप भिभ्सले क्लबले नेयमारसँग पुनः सम्झौता गर्ने भन्ने विषय हल्ला मात्र भएको प्रष्ट पारेका छन् । नेयमार पिएसजीमा […]

March 13, 2018

भुटनदेवीलाई मेयर कप फुटबल उपाधि

अमृत चिमरिया हेटौंडा – हेटौडा वडा नम्बर १० को भुटनदेवी टोलीले मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनलमा वडा नम्बर ९ को कुष्माण्डलाई १–० ले हराउँदै भुटनदेवी च्याम्पियन बनेको हो । भुटनदेवी यसअघिको उपविजेता टोली हो । सुशान्त लामाले गरेको गोल भुटनदेवीलाई च्याम्पियन बनाउन पर्याप्त रह्यो । उनले […]

March 13, 2018

मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा, आर्मीको दोस्रो टोली पराजित

दिपक न्यौपाने बुटवल– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यो सिजनको सर्वाधिक सफल त्रिभुवन आर्मी क्लबको दोस्रो टोलीलाई मंगलबार ३–० ले हराउँदै मनाङ तिलोत्तमाको अन्तिम चारमा पुगेको हो ।   मनाङको जितमा विशाल राईले २ र विदेशी खेलाडी भिक्टोरले १ गोल गरे । मनाङले बिहीबार अर्को […]

March 13, 2018

नेपालले स्पेनमा हुने डोनोष्टी कप फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्कलर्स होम एकेडेमीका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै स्पेनमा आयोजना हुने डोनोष्टी कपअन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । डोनोष्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही जुलाई १ तारिख देखि ८ तारिखसम्म स्पेनको सनसेवेस्टायनमा हुदैछ । नेपालको प्रतिनिधित्व गर्दै स्कलर्स होम एकेडेमीको टिमले यु–१३ र यु–१४ पुरुष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । […]

March 13, 2018

मौरिन्होले दिए डे गेया रियल नजाने संकेत

युनाइटेड (एजेन्सी)– गोलकिपर डेभिड डे गेया युरोपियन च्याम्पियन रियल म्याड्रिड जाने सम्भावनामा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होलेले पुनः चिसो पानी खन्याईदिएका छन् । नयाँ गोलकिपरको खोजीमा रहेको रियल लामो समयदेखि डे गेयालाई भित्राउन इच्छुक छ । एक समय रियल र डे गेयाबीच सम्झौताको एकदमै सम्भावना रहँदा प्राविधक कारणले रोकिएको थियो । सन् २०१५ मा सुरुवा […]

March 13, 2018

च्याम्पियन्स लिगमा युनाइटेड सेभियाको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – युएफा च्याम्पियन्स लिग अन्तर्गत आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब सेभियाको सामना गर्दै छ । सेभियाको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले सेभियालाई गोलरहित बराबरीमा रोकेको थियो । घरेलु टोली म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा खेल्ने अनिश्चित रहेको छ भने डिफेन्डर फिल जोन्स घाइते रहेका छन् । युनाइटेडले यहि […]

March 13, 2018

बार्सिलोनाविरुद्ध गोल मनाउनेमा अनिश्चित छु – फ्याब्रिग्यास

लन्डन (एजेन्सी)– लियोनल मेस्सीसहित पूर्व क्लब बार्सिलोनाका अन्य सहकर्मीको सामना गर्नका लागि चेल्सीका सेस्क फ्याब्रिग्यास उत्साहित भएका छन् । यद्दपी बार्सिलोनाविरुद्ध गोल गर्न सफल भएको खण्डमा खुसीयाली मनाउने वा नमाउने विषयमा भने उनले निर्णय गरेका छैनन् । फाब्रिगासले आफ्नो पुरानो क्लबविरुद्ध खेल्न कुनै समस्या नरहेको पनि बताएका छन् । “आर्सनलमा हुँदा पनि यस्तो भइसकेको छ […]

March 13, 2018

सिटी प्रिमियर लिग उपाधिको निकट

स्टोक (एजेन्सी)– डेभिड सिल्भाको उच्च प्रदर्शनबाट प्रेरित स्टोक सिटीलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिग उपाधिको निकट पुगेको छ । स्टोकलाई गए रातीको खेलमा २–० ले हराएपछि शीर्षस्थानको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १६ अंकले पछाडि पारेको छ । दसौं मिनेटमा राहिम स्टर्लिङको क्रसमा स्पेनिस सिल्भाले गोलको खाता खोलेका थिए । स्टोकका बाडाउ डिएएले गोल गर्ने […]

Success

Thank you for your time.