default_image

फुटबल

November 21, 2023

अन्जलीको गोलमा गोकर्णेश्वरको जित

सुशिल पन्त, चितवनचितवनमा मंगलबार सुरु भएको लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो । गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो […]

November 21, 2023

लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट

एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […]

November 21, 2023

अनन्त र दिनेश नेपाली टोलीमा फिर्ता

काठमाडौं (हाम्रोखेलकुद) – डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता भएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्ध पहिलो खेल चोटका कारण गुमाएका अनन्त र दिनेश आज साँझ हुने यमनविरुद्धको खेलका लागि भने टोलीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अनन्त र दिनेशले पहिलो खेलमा घाइते […]

November 20, 2023

इलाम गोल्डकप हुने, माइभ्याली स्थगित

दिपक बोहोरा, पाँचथर इलाममा प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा माघ ६ देखि १३ गते सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । यस अघि नै पत्रकार सम्मेलन मार्फत फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ । इलामको ठुलो […]

November 20, 2023

किन राखियो साँझ ७ बजे खेल?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनको सामना गर्दैछ । जाडो महिना भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजे दशरथ रंगशालामा गर्ने निर्णय लिएको छ । सामान्यतया नेपालमा साँझको खेल ५ वा ५:३० बजे हुने गर्दछ । दिउँसो हुने […]

November 20, 2023

लाकेनले यमनविरुद्ध खेल गुमाउने

काठमाडौं (हाम्रोखेलकुद) – फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लाकेन लिम्बुले यमनविरुद्ध हुने खेल गुमाउने पक्का भएको छ । नेपालले समूहको दोस्रो खेलमा मंगलबार यमनको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले […]

November 20, 2023

बेल्जियमको जितमा लुकाकुको चार गोल

एजेन्सी – युरो कप छनोट अन्तर्गत गएराति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजान माथि ५-० को जित निकालेको छ। बेल्जियमको जितमा रोमेलु लुकाकुले एक्लै चार गोल गरे। अर्को गोल भने लियान्द्रो ट्रोसार्डले गरे। १७औं मिनेटमा जेरेमी डोकुको क्रसमा हेडर गोल गर्दै लकाकुले खेलमा अग्रता दिलाए। २४औं मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि […]

November 19, 2023

किराँत गोल्डकप – पाँचथर र मितेरीबीच उद्घाटन खेल हुने

दिपक बोहोरा ,पाँचथरप्रथम किराँत गोल्डकपको खेलतालिका सर्वजजिक भएको छ । पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत आइतबार खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीच प्रतिस्पर्धा हुनेछ । ए डिभिजन क्लब हिमालय शेर्पा […]

November 19, 2023

शाक्यको अध्यक्षतामा थ्री स्टारको नयाँ कार्यसमिति चयन

ललितपुर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगको सफल टोली मध्येको एक थ्री स्टार क्लबको अध्यक्षमा ज्ञान बहादुर शाक्य निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको क्लबको वार्षिक साधारणसभा र अधिवेशनबाट शाक्यसहित कार्यसमितिका १६ जना निर्विरोध निर्वाचित भएका हुन् । १७ सदस्यीय कार्यसमितिमा अरुणमान जोशी क्लबको निवर्तमान अध्यक्ष रहेका छन् । शाक्यले यसअघि पनि क्लबको […]

November 19, 2023

फ्रान्सको १४ गोल

एजेन्सी – युरो कप २०२४ छनोट समूह बि अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्सले जिब्राल्टर विरुद्ध १४-० को फराकिलो जित हात पारेको छ । यस खेल अघि नै युरो कपमा छनोट भइसकेको फ्रान्सले विश्व वरीयतामा १ सय ९८औं स्थानमा रहेको जिब्राल्टर विरुद्ध जित हात पारेको हो । तेस्रो मिनेटमा नै इथन सान्टोसले आत्मघाती गोल गरेपछि फ्रान्सले […]

Success

Thank you for your time.