March 26, 2018
लण्डन (एजेन्सी) –म्यानचेस्टर सिटी तथा अर्जेन्टिनाका फुटबल स्टार सर्जियो अगुएरोले आफु लियोनल मेस्सीको छायाँमा नपरेको बताएका छन् । प्रिमियर लिगमा चर्चामा रहेका अगुएरोले राष्ट्रिय टोलीबाट खेल्दा मेस्सीको छायाँमा परेको महसुस कहिल्यै नगरेको बताएका छन् । इटालीसँग शुक्रबारको मैत्रीपूर्ण खेलमा भने मेस्सी र अगुएरो चोटका कारण सामेल भएनन् । यद्दपी खेल अर्जेन्टिनाले इटालीलाई २–० ले हराएको […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु अन्तर्गत अघिल्लो साता केहि रोमाञ्चक खेलहरु खेलिएका थिए । यस साता भने ती खेलहरु भन्दा अझै रोमाञ्चक खेलहरु खेलिँदै छन् । जान्नुहोस् ती ५ छुटाउनै नहुने महत्त्वपूर्ण खेलहरु: ५. रुस विरुद्ध फ्रान्स समय: २७ मार्च नेपाली समयअनुसार रातिको ९.३५ बजे यस साता फ्रान्स कोलम्बियासँग ३-२ ले पराजित भएको […]
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो […]
March 25, 2018
दिपक न्यौपाने बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । […]
March 25, 2018
बार्सिलोना (एजेन्सी)– फुटबलका दुई सुपर स्टार बार्सिलोनाका लियोन मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुनुलाई ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होेले उत्तम भएको बताएका छन् । दशक यता मेस्सी र रोनाल्डोले विश्व फुटबललाई चम्किलो बनाएको रोनाल्डिन्होको भनाई छ । ‘मेस्सी र रोनाल्डोले १० पटक बालोन डी’ ओर जितेका छन् । दुवैले गोलको वर्षा गरिरहेका छन्,’ बार्सिलोनाका […]
March 25, 2018
बुटवल (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र रमपम झापाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माविको मैदानमा सुरु हुने आयोजकले जनाएको छ । आजको विजेताले मंगलबार हुने क्वार्टरफाइनलमा बुटवलको सुनौलो संगमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार […]
March 24, 2018
म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीसँग अर्जेन्टिना राष्ट्रिय टोलीले अभ्यासका लागि रियल म्याड्रिडको सुविधा प्रयोग गर्ने भएको छ । स्पेनसँग मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीले रियलको सुविधा प्रयोग गर्न लागेको हो । मैत्रीपूर्ण खेल भने एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा हुनेछ । मेस्सी र उनको टोली त्यहि होटलमा बस्नेछन् जहाँ रियलसँग खेल्ने क्रममा बार्सिलोना […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ को नयाँ सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भयङ्करा एफसीसँग गोल रहित बराबरी खेलेको छ । लिगको पहिलो खेलमा पर्सिजाले गत सिजनको च्याम्पियन टोली भयङ्करा एफसीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । गत सिजन पर्सिजा भने लिगको चौथो स्थानमा रहेको थियो […]
March 24, 2018
लन्डन (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए । विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३-० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल […]