April 22, 2018
रियो (एजेन्सी)- ब्राजिलका पूर्व गोलरक्षक जुलियो सेजरले सबै खाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन् । ब्राजिलको सिरी ‘ए’ अन्र्तगत आइतबार बिहान भएको खेलपछि सेजरले सबैखाले फुटबल प्रतियोगिताबाट सन्यासको घोषणा गरेका हुन् । सेजर हाल सिरी ‘ए’ टोली फ्लामेंगोमा आबद्ध थिए । उनको टोलीले अमेरिका मिनेरोलाई २–० ले पराजित गरेको थियो । सेजर छोटो समयको […]
April 22, 2018
लण्डन (एजेन्सी) – टोटेनह्याम हटस्परलाई २-१ ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती लण्डनको वेम्ब्ली मैदानमा भएको खेलमा डेले अलीले स्पर्सलाई सुरुआती अग्रता दिलाएपनि एलेक्सिस स्यान्चेज र एन्डर हरेराको गोलमा युनाइटेड विजयी भयो। क्रिस्टियन एरिक्सनको राम्रो पासमा गोल गर्दै ११ औं मिनेटमा अलीले टोटेनह्यामलाई अग्रता दिलाए। तर टोटेनह्यामको बक्स नजिकबाट पौल पोग्बाले पोजेसन खोस्दै […]
April 22, 2018
म्याड्रिड (एजेन्सी) – सेभियालाई फाइनालमा ५-० ले हराउँदै बार्सिलोनाले कोपा डेल रे’को उपाधि हात पारेको छ। म्याड्रिड स्थित इस्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा लुइस स्वारेजले दुई गोल गरे भने लियोनल मेस्सी, एन्द्रे इनियस्टा र फिलिप कौटिन्होले पनि गोल गरे। बार्सिलोनाको यो ऐतिहासिक सफलता हो। बार्सिलोनाले लगातार चौथो पटक यस प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको छ । लुइस […]
April 21, 2018
इलाम (हाम्रो खेलकुद)– भारतको सिक्किम युनाइटेड चौथो माइभ्याली टुबोर्ग गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिएजमी क्लब संकटालाई १–० ले हराउँदै सिक्किम प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । सञ्जय क्षेत्रीले ३१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । सिक्किमका उर्गेन शेर्पा म्यान अफ दी घोषित भए र उनले १० हजार रुपैयाँ […]
April 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले कोपा डेल रेको फाइनलमा आज सेभिल्लाको सामना गर्दैछ । मिडफिल्डर आन्द्रे इनियस्टाको लागि बार्सिलोनाबाट त्यो फाइनल अन्तिम पनि हुन सक्ने अनुमान गरिएको छ । ३३ वर्षे स्पेनिस मिडफिल्डरले सिजनको अन्त्य पछि बार्सिलोना छाड्ने सम्भावना छ । बार्सिलोनामा २२ वर्षको बिताएका उनी अर्को सिजन चिनिया क्लब क्लब जाने सम्भावना रहेको बताइएको छ […]
April 21, 2018
वेस्ट ब्रोमविच (एजेन्सी) – लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सालाहले प्रिमियर लिगको सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे पनि लिभरपुलले वेस्ट ब्रोमको घरेलु मैदानमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी खेलेको छ। ३८ खेलको प्रिमियर लिगमा एकै सिजनमा ३१ गोल गर्दै सालाहले यो कीर्तिमान बराबरी गरेका हुन्। यसअघि न्यूक्यासल युनाइटेडका लेजेन्ड एलेन सीयरर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो […]
April 21, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको रियल म्याड्रिडले जर्मनीको बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेग बायर्नको घरेलु मैदानमा बुधबार नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ । दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। रियल प्रतियोगिताको साविक विजेता हो। रियलले कुल १२ पटक च्याम्पियन्स लिग उपाधि जितेको छ भने बायर्न ५ पटकको […]
April 20, 2018
रियो डी जनेरियो (एजेन्सी) – ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका नेयमार विश्व कपका लागि पूर्ण रुपमा फिट हुने आशा गरिएको छ । ब्राजिल यस विश्व कपको बलियो दाबेदार मध्ये एक हो। “विश्व कपमा रोनाल्डो […]
April 20, 2018
सेमाराङ (एजेन्सी) – इन्डोनेसियन लिगा वोनमा पेर्सिजा जाकार्ताले पिएसआईएस सेमाराङलाई ४-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सेमाराङको घरेलु मैदानमा भएको खेलमा रोहित चन्दले पुरै ९० मिनेट खेले। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। पर्सिजाले जेमर्सनको ६९ औं मिनेटको गोलमा अग्रता लियो। जेमर्सनले ७३ औं मिनेटमा पुनः गोल गर्दै भ्रमणकारी पर्सिजाको अग्रता दोब्बर गरे। खेलको […]
April 20, 2018
इलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ। प्रि-क्वाटर फाइनलमा काबरान प्रगति संघ बंगलादेशलाई ३-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। एपिएफलाई युबराज खडकाले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रूप बहादुर लामाले ३५ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता दोब्बर गरे। दोस्रो हाफको सुरुआतमा नविन लामाले […]