May 3, 2018
लन्डन (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् । गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् […]
May 3, 2018
म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनी राष्ट्रिय फुटबल टोलीका गोलरक्षक म्यानुएल नोयर चोटका कारण ७ महिनादेखि मैदानबाहिर छन् । गत सेप्टेम्बर महिनामा खुट्टामा चोट बोकेपछि विश्राममा रहेका नोयरले विश्वकपमा भने पुनरागमन गर्ने आशा गरिएको थियो । तर अझैसम्म बायर्नका लागि पुनरागमन नगरेका नोयरले विश्वकप खेल्न थप संघर्ष गर्नुपर्ने देखिएको छ । नोयरको अनुपस्थितिमा बायर्न […]
May 3, 2018
लस एन्जल्स (एजेन्सी)– मेजर सकर लिगमा पहिलो सिजनमा प्रभावशाली सुरुवात गरेका लस एन्जल्स ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेड र त्यसका प्रशिक्षक जोसे माउरिन्होलाई सम्झेका छन् । डेब्यूमै गोल गरेका इब्राहिमोभिचले ३ गोल गरिसकेका छन् । युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा टुंगाउँदै इब्राहिमोभिच अमेरिका पुगेका थिए । चोटका कारण लामो समय मैदान बाहिर रहेका […]
May 3, 2018
रोम(एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ४-२ ले पराजित लिभरपुलले समग्रमा ७-६ को जित हासिल गर्दै च्याम्पियन्स लिग फाइनलमा स्थान बनायो। साडियो माने र जोर्जिनियो वाईनाल्डमले लिभरपुलका लागि गोल गरे। यसअघि यस प्रतियोगितामा अपराजित लिभरपुलको यो पहिलो हार हो। तर हारको बाबजुत लिभरपुलले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएको छ। बार्सिलोनाको नाममा रहेको १८ वर्ष पहिलेको […]
May 3, 2018
रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो। यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी […]
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई दिनपछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने नहुने अन्योलका बढेको छ । शनिबारका लागि लागि तोकिएको एन्फाको निर्वाचन रोक्नका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर भएपनि निर्वाचन हुने नहुने शंकाको घेरामा परेको हो । उच्च अदालत पाटनको आदेशमा यसअघिको निर्वाचन स्थगित भएपछि अब पुनः ६० दिनको […]
May 2, 2018
रोम (एजेन्सी) – बार्सिलोनाविरुद्ध क्वाटर फाइनलको दोस्रो लेगमा ४-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै रोमाले सेमिफाइनलमा स्थान बनाएको थियो। यसपटक पनि फाइनलमा स्थान बनाउन रोमाले घरेलु मैदानमा त्यस्तै नतिजा निकाल्नु पर्नेछ। पहिलो लेगमा लिभरपुलको घरेलु मैदानमा रोमा ५-२ ले पछि पर्यो। खेलको पहिलो २० मिनेट नियन्त्रणमा राखेपनि ५-० ले पछि परेको अवस्थामा लिभरपुललाई २ गोल फर्काउँदै […]
May 2, 2018
दमक (हाम्रो खेलकुद) – रमपम झापा ११ दमक गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग ४-० ले पराजित हुँदै झापा पहिलो खेलबाट बाहिरिएको हो। प्रतियोगिताको उद्घाटन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। खेलको सुरुआती मिनेटमा पेनाल्टी मार्फत अग्रता लिने अवसर झापाले गुमाएको थियो। कर्ण लिम्बुको पेनाल्टी क्रसबारमा लागेपछि झापाले अग्रता लिने अवसर […]
May 2, 2018
म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखलाई घरेलु मैदानमा गए राती २–२ को बराबरीमा रौक्दै रियल म्याड्रिडले दुई लेगमा समग्र ४–३ को नतिजासहित च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित पारको छ । रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदै कीर्तिमान समेत रचेको छ । यसअघिका लगातार दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो टोलीको कीर्तिमान बनाएको थियो […]
May 2, 2018
रुस (एजेन्सी) – फुटबलमा रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा रेफ्रीको भूमिका झनै बढी महत्वपूर्ण हुन्छ । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् । दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने टोली हार्ने र […]