May 5, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार ब्राइटन एण्ड होभ अाल्बियनले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ । खेलको दोस्रो हाफमा पास्कल ग्रसले गरेको गोल निर्णायक सावित भयो । मिडफिल्डर मराउने फेलाइनीले सुरुवातमै युनाइटेडलाई अग्रता दिलाएपनि रेफ्री अफसाइड दिएपछि खेल गोलरहित रह्यो । घरेलु टोली ब्राइटनको तुलनामा बलमा धेरै पकड बनाएको युनाइटेडले अाक्रमण […]
May 4, 2018
ग्लास्को (एजेन्सी) – लिभरपुलका महान मिडफिल्डर स्टेभन जेरार्ड स्कटिस लिगमा रेन्जर्स फुटबल क्लबको प्रशिक्षक नियुक्त भएका छन्। रन्जर्सले ४ वर्षे सम्झौतामा जेरार्डलाई नियुक्त गरेको हो। आफ्नो घरेलु टोली लिभरपुल फुटबल क्लबको एकेडेमीबाट प्रशिक्षण सुरु गरेका जेरार्डले जुन १ बाट रेन्जर्सको जिम्मेवारी सम्हाल्ने छन्। रेन्जर्स हाल स्कटिस लिगको तेस्रो स्थानमा छ। ‘मलाई प्रशिक्षणको प्रस्ताव आएपछि मैले दोहोर्याएर सोच्नु […]
May 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षका उम्मेदवार मणी कुँवरले शनिबार हुने निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । शनिबारका लागि तय निर्वाचन एन्फाको विधि विधान विपरित भएका कारण नैतिकका आधारमा आफुले त्यसमा भाग नलिने शुक्रबार पत्रकार सम्मेलन गर्दै कुँवरले यस्तो घोषणा गरेका हुन् । उनीसँग उपाध्यक्षका उम्मेदवार गणेश चन्दले पनि आफुले […]
May 4, 2018
पेरिस (एजेन्सी) – रसियामा अबको ६ सातामा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल सुरु हुँदैछ । तर उपाधिको दावेदार मानिएका टोलीमध्येको फ्रान्सलाई भने विश्वकपका लागि ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ । बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो […]
May 4, 2018
अस्ट्रिया (एजेन्सी) – फ्रान्सेली क्लब मार्सेले अस्ट्रियाको एफसी रेडबुल साल्ज्बर्गलाई ३-२ ले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयको १ सय १६ औं मिनेटमा पोर्चुगिज डिफेन्डर रोलान्डोले मार्सेका लागि विजयी गोल गरेका थिए । पहिलो लेगमा २-० को अग्रता लिएको मार्सेले बिहिबार भएको दोस्रो लेगमा उक्त अग्रता गुमाएको थियो । घरेलु […]
May 4, 2018
म्याड्रिड (एजेन्सी) – इंग्लिस क्लब आर्सनललाई समग्रमा २-१ ले पराजित गर्दै स्पेनिस टोली एटलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा पुगेको छ । बिहीबार एटलेटिकोले घरेलु मैदानमा भएको दोस्रो लेगमा १-० को जित दर्ता गर्दै उपाधि भिडन्तको लागि स्थान पक्का गरेको हो । गत साता भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । चेल्सीका पूर्व-खेलाडी डिएगो […]
May 3, 2018
दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ मोसफलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई ट्राइबेकरमा शुक्रबार ४–३ ले हराउँदै दमक अन्तिम आठमा पुगेको हो । आयोजकले अब शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा दमकले बाजी मारेको थियो । आयोजकले […]
May 3, 2018
दिपक बोहोरा यासोक/ पाँचथर– आयोजक रानी गुफा सेवा समाज यासोकले कुम्याक कुस्सायक गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । रानी गुफाले बिहीबार भएको खेलमा भारतको जलपाइगुडी फुटबल क्लबलाई १–० ले हराएको छ । आयोजकका लागि हेमन्त दर्लानले गरेको गोलनै जितका लागि पर्याप्त रह्यो । उनले १५ औं मिनेटमा गोल गरेका थिए । हेमन्तको प्रहारलाई […]
May 3, 2018
किभ (एजेन्सी)– इङ्लिस क्लब लिभरपुलले सेमिफाइनलमा रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै रियल म्याड्रिडसँग फाइनलमा स्थान बनाएको छ । रियलले भने बायर्न म्युनिखलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । बलियो दाबेदार स्पेनको रियल र प्रिमियर लिगमा इतिहासमा सुनौलो नाम राखेको लिभरपुलको च्याम्पियन्स लिगमा पहिलो भेट भने होइन । न त क्लब फुटबलको […]
May 3, 2018
रियो दि जेनेरियो (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले ब्राजिलियन सुपर स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको अर्को सिजननै रियलमा जान हतार गर्न नहुने बताएका छन् । यहि सिजनको सुरुवातमा नेयमार कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । यद्दपी केहि महिना यता नेयमार रियल जाने चर्चा व्यापक रुपमा चलेको छ […]