default_image

फुटबल

May 9, 2018

चर्च ब्वाइजलाई कुम्मायक कुसायक गोल्डकप, कर्ण सर्वोत्कृष्ट खेलाडी

दिपक बोहोरा यासोक पाँचथर– चर्च ब्वाइज काठमाडौंले कुम्मायक कुसायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भूवन बस्नेतको निर्णायक गोलमा काठमाडौको सुन्धारा क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइजले जिल्लाको सर्वाधिक पुरस्कार राशीको गोल्डकप जितेको हो । चर्च ब्वाइजका लागि अर्को गोल सुनिल खड्काले गरे । सुन्धाराका लागि खमीर गिल्सन कन्दङवाले गोल गरे । झापा ११ […]

roberto

May 9, 2018

बार्सिलोनाका रोबर्टोलाई ४ खेलको प्रतिबन्ध

बार्सिलोना (एजेन्सी)– रियल म्याड्रिडसँगको एल क्लासिकोमा रातो कार्डको दर्शन गरेका बार्सिलोनाका स्पेनिस रक्षक सर्जी रोबर्टोमाथि ४ खेल प्रतिबध लगाईएको छ । रियलका मार्सेलोलाई खेलका दौरान हातले हिर्काएका रोबर्टोले ४ खेल गुमाउने भएका हुन् । यो प्रतिबन्धसँगै रोबर्टोले भिल्लारियल, लेभान्टे र रियल सोसिड्याडसँग सिजनको बाँकी तीन खेल र आउने सिजनको सुपर कपको पहिलो लेग गुमाउनेछन् । […]

May 9, 2018

मनाङ दमक गोल्डकपको फाइनलमा, उपाधि भिडन्त पुलिससँग

दमक(हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्द क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै मनाङ अन्तिम २ मा प्रवेश गरेको हो । मनाङले शुक्रबार हुने फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस उपाधि नजिक पुगेको […]

May 9, 2018

‘युनाइटेडलाई कप्तानीको गर्दा गर्व लागेको छ’– पोग्बा

म्यानचेष्टर (एजेन्सी)– म्याचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले केहि खेलमा कप्तानको आर्मब्यान्ड लाउन पाउँदा गर्व लागेको बताएका छन् । ‘कप्तानको आर्मब्यान्ड लगाउन पाउँदा गर्व महसुस गरे । त्यस्तै क्लबको जर्सी र ओल्र्ड ट्राफोर्डमा खेल्न पाउँदा त्यस्तै अनुभव हुन्छ,’ पोग्बाले भने, ‘म यहाँ एकेडेमीमा आएको थिए । युनाइटेडको पहिलो रोजाइको टोलीबाट खेल्ने सपना थियो । त्यो पुरा […]

May 9, 2018

पिएसजी कप्तानले पराजित टोलीका कप्तानलाई उपाधि उचाल्न निम्त्याए

पेरिस (एजेन्सी) – फ्रान्स फुटबल लिगको तेस्रो डिभिजन क्लब लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको उपाधि उचाल्यो । यसक्रममा उपाधि उचाल्ने बेलामा पिएसजीका कप्तान थियागो सिल्भाले विपक्षी कप्तानलाई पनि उपाधि उचाल्ने निम्तो दिए । स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा उत्रिएको फ्रान्सेली लिग च्याम्पियन टोलीले पुरै समय खेल अाफ्नो […]

May 9, 2018

रोनाल्डोले बार्सिलोनाविरुद्धको खेलमा किन खुसियाली मनाएनन् ?

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यहि साता बार्सिलोनाविरुद्धको एल क्लासिकोमा महत्वपूर्ण गोल गरेपनि त्यसमा उनले खुसीयाली मनाएनन् । २–२ को बराबरीमा सकिएको खेलमा रोनाल्डोले बार्सिलोनाविरुद्ध पहिलो गोल गरेका थिए । उनले गोलको खुसियाली नमनाउँदा धेरैले आश्चार्य पनि मानेका थिए । बार्सिलोनाका रक्षक जेरार्ड पिकेले पटक पटक ट्याकल गर्दा चोटग्रस्त बनेका रोनाल्डोले त्यहि […]

May 9, 2018

पिएसजी लगातार चौथोपटक फ्रेन्च कप च्याम्पियन

पेरिस (एजेन्सी)– फ्रेन्च लिग वान उपाधि जितिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको दोस्रो उपाधि जितेको हो । पिएसजी सन् २०१५ देखि फ्रेन्च कपमा लगातार च्याम्पियन बनिरहेको छ । पिएसजीले फ्रेन्च कप जितेको यो […]

May 8, 2018

एएफसी कप जोनल सेमिफाइनल- रोहित सम्मिलित पेर्सिजाको महत्वपूर्ण २ अवे गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित इन्डोनेसियाको पेर्सिजा जाकार्ताए एफसी कप एसियन जोनल सेमिफाइनलको पहिलो लेगमा सिंगापुरको क्लब होम युनाईटेडसँग ३–२ ले पराजित भएको छ । होम र अवेका आधारमा हुने सेमिफाइनलमा पर्सिजा महत्वपूर्ण २ अवे गोल गर्न सफल भएको छ । रोहितले पुरा समय खेलेका थिए । घरेलु मैदानमा युनाईटेडले […]

APF

May 8, 2018

पुलिस दमक गोल्डकपको फाइनलमा

दमक (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्ड कपको फाइनलमा स्थान बनाउन सफल भएको छ। पुलिसका निर किमार राईले पहिलो हाफमा दिलाएको गोल खेलको निर्णायक सावित भयो। क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको पुलिसले विभागीय डर्भीमा १-० ले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । दमक […]

May 8, 2018

‘रोनाल्डो हुँदा असम्भव केहि छैन’ – माउरिन्हो

म्यानेचस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डो भएको टोलीका लागि असंम्भव भन्ने केहि नरहेको बताएका छन् । विश्व कप जित्ने पोर्चुगलको सम्भावनाका विषयमा बोल्दै उनले रोनाल्डो सम्मिलित टोलीबाट जेपनि सम्भव भएको बताएका छन् । आफ्नो देशका राष्ट्रिय टोलीलाई कहिल्यै प्रशिक्षण नदिएका माउरिन्होको नजरमा ब्राजिल र स्पेन विश्व कपका सबैभन्दा मुख्य दाबेदार हुन् । […]

Success

Thank you for your time.