default_image

फुटबल

May 16, 2018

झापामा सनसाइन महिला फुटबल यहि साता सुरु हुने

सबिन लिम्बु (सेर्मा) झापा – सनसाइन महिला फुटबल प्रतियोगिता यहि साता सुरु हुने भएको छ । सनसाइन फुटबल क्लब धुलाबारीले महिला खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शनिबारदेखि प्रतियोगिता आयोजना गरिएको क्लबकी अध्यक्ष अध्यक्ष अष्मिता खवासले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । नकआउटका आधारमा बैशाख १२ गते सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । […]

hart

May 16, 2018

हार्ट इङल्याण्डको टोलीमा परेनन्

लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्।  जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको  पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर […]

May 15, 2018

उदयपुर गोल्डकप पुलिस सुनसरीसँग स्तब्ध

गाईघाट (हाम्रो खेलकुद) – दमक गोल्डकप विजेता नेपाल पुलिस क्लब रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ । थरुहट रंगशाला गाईंघाटमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा पुलिस सुनसरी–११ सँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा […]

May 15, 2018

लेजेण्ड मणीलाई अन्तिम बिदाई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलले अहिलेसम्म पाएका मध्ये सबैभन्दा छरिता स्ट्राइकर मणि विक्रम शाहको असमायिक निधनले नेपाली खेलकुद नै स्तब्ध बनेको छ । आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका उनै नेपाली फुटबलका महान् हस्ती शाहको सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको असमायिक निधन भएपनि उनले नेपाली फुटबललाई सम्झना […]

bharat khawas

May 15, 2018

फुटबलर भरत १ महिना मैदान बाहिर रहने

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले कम्तीमा एक महिना मैदान बाहिर रहनु पर्ने भएको छ । झन्डै डेढ बर्षअघि हातमा राखिएको स्टिल सोमबार निकालेपछि उनले कम्तीमा एक महिना आराम गर्नुपर्ने बताइएको छ । मलेसियामा डेढ बर्षअघि भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको प्रशिक्षण दौरान उनको हात भाचिएको थियो । […]

May 15, 2018

जर्मनीद्वारा विश्वकपको प्रारम्भिक टोली घोषणा

म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]

May 15, 2018

‘नेयमार पेरिसमा खुसी छ्न् की छैनन् थाहा छैन’ – रोनाल्डो

पेरिस (एजेन्सी)– ब्राजिलियन महान खेलाडी रोनाल्डोको भनाईले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य थप शंकामा परेको छ । रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छैन, नेयमार पेरिसमा खुसी छन् की छैनन् । ‘ पिएसजीमा एक सिजन नबित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको छ । उनी अर्को सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा चलेको छ […]

messi and Dyabala

May 15, 2018

विश्वकपका लागि अर्जेन्टिनाको प्रारम्भिक टोली सार्वजनिक

ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् ।  त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा […]

May 15, 2018

मेस्सी युरोपियन गोल्डेन बुट जित्न नजिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ ।  यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका […]

May 15, 2018

ब्राजिलद्वारा विश्वकपका लागि अन्तिम टोली छनोट

रियो (एजेन्सी) – ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ । प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । […]

Success

Thank you for your time.