May 29, 2018
ब्यूनस आयर्स (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सीले युरोपमा आफुले प्रतिनिधित्व गर्ने एकमात्र क्लब बार्सिलोना भएको दोहोराएका छन् । अर्जेन्टिनाका लागि अर्को विश्व कपको तयारीमा जुटेका मेस्सीले घरेलु क्लब निवेल्सबाट खेल्ने मात्र सम्भावना रहेको बताएका छन् । बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए । ‘युरोपमा मैले खेल्ने एउटा मात्र क्लब बार्सिलोना […]
May 29, 2018
लन्डन (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहंदा सबैले आफ्नो विजेता अनुमान लगाउनु स्वभाविक नै हो । त्यस्तै विभिन्न प्रविधि र तथ्याङ्कहरुको सहयोगमा विश्वकै प्रतिष्ठित भिडियो गेम फिफाले प्रतियोगिता फ्रान्सले जित्ने भविष्यवाणी गरेको छ । अघिल्लो विश्वकपमा फिफाले जर्मनीले नै जित्ने अनुमान गरेको थियो । फिफाका केही अनुमानहरु यस प्रकारका […]
May 29, 2018
पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो । फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर […]
May 29, 2018
ब्रागा (एजेन्सी) – विश्व कपको तयारीमा रहेका पोर्चुगल र टुनिशियाले मैत्रीपूर्ण खेल २-२ को बराबरीमा अन्त्य गरेका छन्। पोर्चुगलले दुइ गोलको अग्रता गुमाएको थियो। ब्रागा स्थित मुनिसिपाल डी ब्रागा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा एन्द्रे सिल्भाले २२ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए भने जोआओ मारियोले ३४ मिनेटमा अग्रता दोब्बर गरे। टुनिशियाका लागि अनिसे बद्रीले ३९ औं मिनेटमा […]
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईको प्रशिक्षणमा रहेको अमेरिकाको किस्टोन एथलेटिक क्लबले पोकोनो कप मेमोरियल डे फुटबल उपाधि जितेको छ। पेन्सलभेनिया राज्यको पूर्व क्षेत्रको यू १९ प्रतियोगिताको आइतबार भएको फाइनलमा क्लिनटफ स्टालियन्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै किस्टोनले उपाधि जितेको हो । दुई दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको […]
May 28, 2018
डाएगु (एजेन्सी) – विश्व कप तयारीका लागि होन्डुरससँगको मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरिया २-० ले विजयी भएको छ। कोरियाको जितमा टोटेनह्यामका मिडफिल्डर ह्युङ्ग मिन सन र सियोन मिन मुनले गोल गरे। घरेलु मादेनमा भएको खेलमा सनले ६१ औं मिनेटमा कोरियालाई अग्रता दिलाए। ७३ औं मिनेटमा मुनले गोल गर्दै कोरियाको जित निश्चित बनाएका थिए। रुस विश्व […]
May 28, 2018
मस्को (एजेन्सी) – अघिल्लो पटकको उपविजेता अर्जेन्टिना अबको १६ दिनपछि सुरु हुने विश्वकपमा उपाधि जित्ने होडमा हुने छ । अग्रपंक्तिमा स्टार खेलाडीहरुले भरिपूर्ण रहे पनि डिफेन्समा भने अर्जेन्टिना केही पछि परेको छ । अर्जेन्टिनालाई विश्वकपको दाबेदार मानिंदै आएको थियो तर छनोट चरणमा कठिन यात्राले केही सङ्का उत्पन्न भएको थियो । त्यस्तै स्पेनसँग मैत्रीपूर्ण खेलमा ६-१ […]
May 28, 2018
मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १६ बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् । एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।” […]
May 28, 2018
म्याड्रिड (एजेन्सी) – विश्वकप नजिकिदै गर्दा च्याम्पियन्स लिग फाइनलमा स्पेनका फुल ब्याक ड्यानी कार्बाहालले चोट बोकेपछि उनी मैदानबाट बाहिरिदा आँशु थाम्न सकेनन्। खेल दौरान उनको चोट गम्भीर देखिएपनि प्रारम्भिक परिक्षण पछि स्पेनिस फुटबल संघले कार्बाहाल विश्व कप खेल्न सक्ने जनाएको छ। लिभरपुल विरुद्धको फाइनलमा खेलको ३६ औं मिनेटमा चोट बोकेपछि कार्बाहालको स्थानमा नाचो प्रवेश गरेका थिए। रियलले […]
May 28, 2018
किभ (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आफ्नो भविष्यका विषयमा दिएको प्रक्रियामा कुनै पछुतो नभएको बताएका छन् । च्याम्पियन्स लिग उपाधि रियलले लगातार तेस्रो पटक जितेपछि शनिबार रोनाल्डो रियलमा आफ्नो निरन्तरता नरहन सक्ने संकेत गरेका थिए । रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा पोर्चुगिज स्टारको भूमिका महत्वपूर्ण रहेको थियो । फाइनलपछि […]