default_image

फुटबल

June 6, 2018

वडा नं. १ मेयर कपको सेमिफाइनलमा

सिमरा (हाम्रो खेलकुद) – वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार भएको खेलमा वडा नं. ११ माथी ५–० को फराकिलो जित हासिल गर्दै वडा नं. १ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।   वडा नं. १ लाई जीत दिलाउने क्रममा निरज राईले […]

June 6, 2018

रुस्लान थ्री स्टार नुवाकोट गोल्ड कपको फाइनलमा

बट्टार (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकपको फाइनलमा पुगेको छ । बट्टारस्थित खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली नुवाकोट–११ को चुनौती ४–१ को फराकिलो अन्तरले पन्छाउदै थ्री स्टार नुवाकोट गोल्डकपको उपाधिनजिक पुगेको हो । यससँगै थ्री स्टार वर्षको तेस्रो उपाधि नजिक पुगेको छ । सिजनको सुरुमै इलाममा भएको माईं […]

June 6, 2018

पूर्व गोलकिपरलाई रुस्लान थ्री स्टारको सम्मान

ललितपुर (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले अस्वस्थ रहेका पूर्व गोलकिपर बेखा राज बाद्यकारलाई सम्मान गरेको छ । क्लबलाई २०३४ बाट सीबाट बी हुँदै ए डिभिजन सम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका काउचा उपनामले बाद्यकारलाई क्लब र नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ । थ्री स्टार २०३९ सालमा ए डिभिजनमा उक्लदा […]

June 6, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ८ – लुइस स्वारेज

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज । पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका […]

June 6, 2018

‘सलाह विश्वकप अघि नै ठिक हुने आशा’

कायरो (एजेन्सी)– इजिप्ट राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हेक्टर कुपरले मोहम्मद सलाह विश्व कप सुरु हुनु अघि फिट हुने आशा राखेका छन् । रियल म्याड्रिडसँग मे २६ मा भएको च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोससँग ठोक्किएर सलाह घाइते भएका थिए । उनको काँधमा चोट लागेको थियो । चोट लागेको केहि दिनमा इजिप्ट फुटबल संघले सलाह तीन साता […]

June 6, 2018

डिस होमले नेपाली कमेन्ट्रीसहित विश्वकप प्रत्यक्ष प्रसारण गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – रुसमा अर्को साताबाट सुरु हुने विश्कप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले खेलको कमेन्ट्री गर्नेछन् । नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् । डिस होमले भने नेपाली दर्शकका […]

June 6, 2018

मार्केज ऐतिहासिक पाँचौ विश्वकप खेल्ने तयारीमा

मस्को (एजेन्सी) – डिफेन्डर राफेल मार्केज मेक्सिकोले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा परेसँगै पाँचौ विश्वकप खेल्ने अवसर प्राप्त गर्न लागेका छन् । रुसमा हुने विश्वकपमा मैदानमा उत्रिएको खण्डमा उनी पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि जर्मनीका लोथार मथाउस र मेक्सिकोकै एन्टोनियो कार्बाहालले पाँचपटक विश्वकप खेल्ने कीर्तिमान राखेका छन् । ३९ वर्षीय मार्केजले […]

salah ramos

June 6, 2018

सलाह घाइते हुनुमा उनकै गल्ती – रामोस

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका मोहम्मद सलाह घाइते हुनुमा सलाह स्वयंको गल्ती रहेको बताएका छन् । च्याम्पियन्स लिगको पहिलो हाफमा रामोस र सलाह जुध्दा सलाह लडेर घाइते भएका थिए । घाइते भएसँगै उनी रुंदै मैदान छोड्न बाध्य भएका थिए । त्यस अवस्थामा गोलरहित रहेको सो खेल रियल म्याड्रिडले […]

June 6, 2018

अर्जेन्टिना र इजरायलको मैत्रीपूर्ण खेल स्थगित

जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो । सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा […]

buffon angry

June 6, 2018

बुफोनलाई तीन खेलमा प्रतिबन्ध

टुरिन (एजेन्सी) – इटाली तथा युभेन्टसका भेट्रान गोलरक्षक जियानलुजी बुफोनलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । बुफोनलाई युरोपेली फुटबल संघ (युइएफए) ले मंगलबार च्याम्पियनस लिगका ३ खेलमा प्रतिबन्ध सुनाइएको हो । च्याम्पियनस लिग अन्तर्गतको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा रेफ्रीमाथि अनावश्यक विवाद गरेको भन्दै रेफ्री मिकेल ओलिभरले बुफोनलाई रातो कार्ड देखाएका थिए । दोस्रो लेगको अन्तिम […]

Success

Thank you for your time.