default_image

फुटबल

July 7, 2018

इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराएको छ । यस जितसंगै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ । इंग्ल्यान्डका लागि ३० औं मिनेटमा ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने मौका गुमाएका […]

July 7, 2018

स्विडेनविरुद्ध इंग्ल्यान्डलाई अग्रता

समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । इंग्ल्यान्डले खेलको ३० औं मिनेटमा अग्रता लिन सफल भएको हो । एस्लि योङको कर्नरमा हेडिङ गोल गर्दै ह्यारी म्याग्वाएरले इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्त्यतिर फरवार्ड रहिम स्टेर्लिङले […]

July 7, 2018

क्वार्टरफाइनलका लागि बेकह्याम र इब्राहिमोभिचको बाजी

ग्यालेक्सी (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र स्विडेनका पूर्व कप्ता ज्लाटान इब्राहिमोभिचले विश्वकपमा आज इङ्ल्यान्ड र स्विडेनबीच हुने क्वार्टरफाइनलमा बाजी राखेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इब्राहिमोभिच अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेल्दैछन् । जुन क्लबमा बेकह्यामले पनि केहि वर्ष बिताएका थिए । बेकह्यामले सबैखाले फुटबलबाट सन्यास लिएको केहि वर्ष बितिसक्यो । दुवै […]

July 7, 2018

‘अघिल्लो विश्वकपमा भन्दा पीडादायक’- पाउलिन्हो

मस्को (एजेन्सी)– ब्राजिलियन पाउलिन्हो र गाब्रियल जिसस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु निकै निराशाजनक भएको बताएका छन् । बेल्जियमसँग क्वार्टरफाइनलमा २–१ ले पराजित हुँदै पटकको विजेता विश्व कपबाट बाहिरिएको छ । दुवैले आफ्नो प्रदर्शन पनि सन्तोषजनक हुन नसकेको स्वीकार गरे । फेर्नाडिन्होको आत्मघाती गोल र केभिन डि ब्रुयनेको गोलबाट पछि परेको ब्राजिलका लागि रेनाटो अगुस्टोले गोल फर्काएका […]

croatia

July 7, 2018

सन्तुलित क्रोएसिया र आक्रामक आयोजक रुस – कसले मार्ला बाजी?

फिस्ट (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा क्रोएसिया र रुस भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ । समूह ‘डी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमा हराउन सफल रहेको थियो । आज क्रोएसियाका लागि डिफेन्डर इभान स्ट्रिनिच चोटका कारण खेल्ने पक्का […]

July 7, 2018

सेमिफाइनलमा स्थानका लागि इंग्ल्यान्ड र स्विडेन भिड्दै

सामारा (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत तेस्रो सेमिफाइनलमा आज बेलुका इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । नेपाली समयअनुसार सो खेल बेलुकाको ७.४५ बजे सुरु हुने छ । समूह ‘जी’ को उपविजेता रहेको इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बियालाई हराउन सफल रहेको हो । १ सय २० मिनेटको खेल खेलेका कारण इंग्ल्यान्डका केही खेलाडीहरुमा सामान्य फिटनेसको समस्या देखिएको छ […]

July 7, 2018

विश्वकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेलहरु

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ अन्तर्गत आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरु खेलिंदै छन् । गए राति फ्रान्सले उरुग्वेलाई २-० तथा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजका खेलहरु: पहिलो खेल इंग्ल्यान्ड विरुद्ध स्विडेन समय : ७.४५ बजे दोस्रो खेल क्रोएसिया विरुद्ध रुस समय : ११.४५ बजे आजका […]

July 7, 2018

ब्राजिल बाहिरियो, फ्रान्स र बेल्जियम सेमिफाइनलमा भिड्ने

काजान (एजेन्सी) – विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत बेल्जियमले ब्राजिललाई २-१ ले हराउन सफल भएको छ । बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो । बेल्जियमका लागि केभिन डि ब्रुयनले […]

July 7, 2018

बेल्जियमलाई २ गोलको अग्रता, ब्राजिललाई बाहिरिने डर

कजान (एजेन्सी) –विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म बेल्जियमले २-० को अग्रता लिन सफल भएको छ । बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता […]

July 6, 2018

नेपाली समुदायबीचको फुटसल स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकामा नेपाली समुदायबीच शनिबार आयोजना हुने भनिएको तेस्रो समर २०१८ कप फुटसल प्रतियोगिता स्थगित भएको छ । फुकुओकामा आएको बर्षाका कारण खेल आयोजना गर्न नसकिएको आयोजक श्री गणेश खुकुरी एफसी नेप्लिज कम्युनिटी ले शुक्रबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । प्रतियोगिता स्थगनले खेलाडी र क्लबलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै आयोजक […]

Success

Thank you for your time.