default_image

फुटबल

July 10, 2018

पौलिन्हो फेरी चीनतर्फ; भित्रिए आर्थर, अब विलियन प्राथमिकता

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा च्याम्पियन्स बार्सिलोनाले ब्राजिलका मिडफिल्डर पौलिन्होलाई ५० मिलियन युरोमा ग्वान्जाओ एभरग्रान्डेलाई बेचेका छन् । बार्सिलोनाले पौलिन्होलाई ग्वान्जाओबाटै गत सिजन ४० मिलियनमा किनेका थिए । पूर्व टोटनह्याम मिडफिल्डर पौलिन्होले गत सिजन निकै सुधारिएको प्रदर्शन गरेका थिए । २१ खेल सुरुवात गरेका उनले बार्सिलोनाका लागि ९ गोल र २ असिस्ट गरे । […]

chelsea eden hazard

July 10, 2018

हाजार्ड युरोपियन च्याम्पियन रियलको प्लान ‘बी’मा

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले चेल्सीका स्टार इडन हाजार्डलाई आफ्नो प्लान बीमा राखेको बताइएको छ । यदि नेयमार भित्राउन नसकेको खण्डमा रियलले हाजार्ड किन्ने प्रयास गरिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि नै रियल हाजार्ड भित्राउनमा इच्छुक रहँदै आएको बताइएको छ । हाजार्डले पनि आफु रियल जान चाहेको बताएका थिए । क्रिस्टियानो रोनाल्डोको […]

July 10, 2018

‘हाजार्ड र लुकाकु खतरनाक छन्’- भेरान

मस्को (एजेन्सी)– विश्वकप सेमिफाइनलमा बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाको सबैभन्दा ठूलो खतरनाक हुने फ्रान्सका रक्षक राफेल भेरानले बताएका छन् । बेल्जियम र फ्रान्सबीच मंगलबार पहिलो सेमिफाइनल हुँदैछ । सेमिफाइनलको ठिक अघि विश्व कप जित्नेका लागि उनीहरुको चुनौति पार गर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो । लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका […]

July 9, 2018

इनरिके स्पेनिस फुटबलका नयाँ प्रशिक्षक नियुक्त

म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिके स्पेनिस फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनमै इनरिके दुई वर्षका लागि टोलीको प्रशिक्षक नियुक्त गरेको हो । स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले सोमबार पत्रकार सम्मेलनमार्फत ४८ वर्षे इन्रिके सर्वसम्मत रुपमा प्रशिक्षक नियुक्त भएको बताएका छन् । प्रशिक्षकका लागि आवश्यक […]

July 9, 2018

“निडर भई खेल्ने छौं” – बेल्जियमका प्रशिक्षक मार्टिनेज

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भोलि हुने फ्रान्ससंगको सेमिफाइनलमा निडर भई खेल्ने बताएका छन् । बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २-१ ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर फ्रान्ससंग जित्न भने सहज नहुने र निडर भई खेल्न पर्ने बेल्जियमका प्रशिक्षक मार्टिनेजले बताएका छन् । “भोलि हाम्रो टिमले कुनै पनि डर नराखी खेल्नु […]

July 9, 2018

विश्वकपमा गोल्डेन बलका दाबेदार को को छन् ?

मस्को (एजेन्सी)– रसियामा जारी विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ । अब अन्तिम चार खेल बाँकी रहँदा विश्व कपको गोल्डेन बल कसले जित्दा भन्ने चर्चा पनि सुरु भएको छ । फ्रान्स, बेल्जियम, इङ्ल्यान्ड र क्रोएसिया यसपटक सेमिफाइनल पुग्न सफल टोली हुन् । विश्व कप सुरु हुनु अघि लियोनल मेस्सी, नेयमारलाई गोल्डेन बलका सम्भावित दाबेदारका रुपमा […]

July 8, 2018

स्विडेनका प्रशिक्षक – “इंग्ल्यान्ड विश्वकप जित्न सक्षम छ “

समारा (एजेन्सी) – विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको हो । सन् १९९० पछि इंग्ल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि इंग्ल्यान्डको प्रदर्शनलाई लिएर सकारात्मक थिए । ” हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित […]

July 8, 2018

बेकह्यामले जिते इब्राहिमोभिचसंग बाजी, रुनीले पनि गिज्याए

लन्डन (एजेन्सी) – इंग्ल्यान्डले विश्वकप क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सेमिफाइनलमा अब इंग्ल्यान्डले क्रोएसियासंग भिड्ने छ । क्वाटरफाइनलको खेलमा दुई चर्चित खेलाडी इंग्ल्यान्डका डेभिड बेकह्याम र स्विडेनका ज्लाटान इब्राहिमोभिचले बाजी ठोकेका थिए जुन बेकह्यामले जितेका छन् । इब्राहिमोभिचले शर्त राख्दै ट्विट गरेका थिए, ” इंग्ल्यान्डले जित्यो भने म तिमीलाई […]

July 8, 2018

मेक्सिकोको लोजानोमाथि म्यानचेस्टर युनाइटेडको नजर, बार्साको पनि चासो

 म्यानचेस्टर (एजेन्सी) – विश्वकप २०१८ मा शानदार प्रदर्शनपछि मेक्सिकोका युवा विङर हिर्भिङ लोजानोलाई भित्राउन क्लबहरुको होडबाजी चलेको छ । लोजानोले जर्मनी विरुद्धको जितमा गोल गरे र अन्य खेलमा राम्रो प्रदर्शन गरेका थिए । लोजानोलाई भित्राउन इंग्लिस टोली म्यानचेस्टर युनाइटेड इच्छुक रहेको छ । युनाइटेडले लोजानोका लागि ४० मिलियनको युरोको बिड पनि तयार पारेको खबर आएको […]

July 8, 2018

रोनाल्डोले स्विकार गरेनन् चीनको १ सय ७७ मिलियनको प्रस्ताव

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको  छ । रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको […]

Success

Thank you for your time.