July 14, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । नेयमार भित्राउने प्रयासका लागि क्लबले आफ्ना सबैभन्दा उत्कृष्ट प्रतिनिधि जुनी कालाफाटलाई पठाउने भएको छ । उनले नेयमारका बाबुसँग कुराकानी गर्ने बताइएको […]
July 13, 2018
मस्को (एजेन्सी)– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२२ को कतार विश्वकप जाडो मौसममा खेलाउने निर्णय गरेको छ । फिफाको आज बसेको बैठकले कतार विश्वकप गर्मी मौसम (समर) मा नभई जाडो मौसम (विन्टर) मा गराउने निर्णय गरेको हो । यसअघिका सबै २१ औं संस्करण सम्मका विश्वकपका खेलहरु जुन/जुलाई महिनामा हुदै आएको थियो । फिफाले […]
July 13, 2018
बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी र सिदार्थ शिक्षा सदन सेमिफाईनलमा प्रवेश गरेका छन् । बागलुङ जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा न्यू एभरेष्ट एकेडेमीले रुद्रेपिपल माविलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । एभरेष्टलाई सेमिफाईनलमा प्रवेश गराउन खेलको ११ औं […]
July 13, 2018
एथेन्स (एजेन्सी)– पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रानाल्डो यो साता निकै व्यस्त रहे । ३३ वर्षे उनी १ सय मिलियन पाउन्डमा युभेन्ट्स जाने मंगलबार निधो भएको थियो । रियल म्याड्रिडले क्लब छाड्ने अनुमति दिएपनि उनको युभेन्ट्स यात्रा पक्का भएको थियो । रोनाल्डो र युभेन्ट्सका अध्यक्ष आन्द्रेय एग्निलीबीच मंगलबार दिउँसो ग्रिसको एक होटलमा भेट भएको थियो । […]
July 13, 2018
म्याड्रिड (एजेन्सी)– स्पेनिस चर्चित क्लब रियल म्याड्रिड चेल्सीका स्टार इडेन हाजार्डलाई भित्राउन १ सय ५० मिलियन पाउन्ड प्रस्ताव लाने तयारी गरिरहेको बताइएको छ । क्रिस्टियानो रोनाल्डो यहि साता रियलबाट युभेन्ट्समा १ सय मिलियन पाउन्डमा गएपनि टोलीले हाजार्डलाई भित्राउन प्रक्रिया थाल्न लागेको हो । बेल्जियम टोलीका कप्तान लामो समयदेखि नै रियल जाने चर्चा चलेको थियो । […]
July 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडमा गेराथ बेलको भविष्य केहि दिनमा टुंगिने सम्भावना देखिएको छ । बेल र रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइबीच उनको भविष्यलाई लिएर छलफल हुने भएको छ । रियलका अधिकांश खेलाडी नयाँ सिजनको लागि प्रशिक्षणमा फर्केपनि बेल भने आफु नयाँ प्रशिक्षकको योजनामा पर्ने नपर्ने विषयमा प्रष्ट हुन चाहेको बताइएको छ । बेलका प्रतिनिधि क्लबका […]
July 13, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृत्व गरेका थिए । रोनाल्डोले आफ्नो बाटो रोजिसकेका छन् […]
July 13, 2018
म्याड्रिड (एजेन्सी) – स्पेन तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर मिचेल सालगाडोले इडेन हजार्ड र नेयमारले रियलमा क्रिष्टियानो रोनाल्डोको स्थान लिन नसक्ने बताएका छन् । रियलले रोनाल्डोलाई मंगलबार इटालियन क्लब युभेन्टस् प्रस्थानका लागि स्वीकृति दिएको थियो । ९ वर्ष रियलमा बिताएका रोनाल्डो १ सय मिलियन पाउण्डमा चार वर्षका लागि युभेन्टस्मा अनुबन्धन हुने पक्का भइसकेको छ । […]
July 13, 2018
टुरिन (एजेन्सी)– सनसनीपूर्ण रुपमा सिरिए च्याम्पियन युभेन्ट्समा आबद्ध भएका क्रिस्टियानो रोनाल्डो प्रि सिजनका दौरान पूर्व क्लब रियल म्याड्रिडसँग नखेल्ने सम्भावना रहेको बताइएको छ । रोनाल्डोको लम्बाइएको विश्राम टुंगिदा प्रि सिजन खेलहरु पनि लगभग सकिने भएकाले उनी नखेल्ने सम्भावना रहेको बताइएको छ । प्रि सिजन टुरअन्तर्गत युभन्ट्सले रियलको सामना गर्दा त्यो खेलमा रोनाल्डो नहुने […]
July 12, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । चेल्सीले कोन्टेको अनुबन्ध अझै १ वर्ष बाँकी रहँदै मुख्य प्रशिक्षक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उनको सम्झौता सकाउन ९ मिलियन पाउन्ड कर दिने सहमति सहित बर्खास्ती गरेको हो । कोन्टेको स्थानमा इटालियन क्लब नपोलीका पूर्व प्रशिक्षक मौरीजियो […]