default_image

फुटबल

July 23, 2018

महिला लिगमा रौतहटको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको दोस्रो खेलमा रौतहटले सहज जित हासिल गरेको छ । रुश्मीकुमारी घिसिङले ह्याट्रिक गरेको खेलमा काठमाडौंलाई ४–० ले हराउँदै रौतहटले जितबाट लिगको यात्रा थालेको हो । दोस्रो हाफमा ९ मिनेट भित्र रश्मीले ह्याट्रिक पुरा गरेपछि रौतहटको जित सहज बनेको थियो । अर्को गोल मनीषा राउतले गरिन् । एन्फा […]

July 23, 2018

महिला लिगमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको उद्घाटन खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै आर्मी विजयी सुरुवात गरेको हो । खेल सकिन ८ मिनेट बाँकी रहँदा शर्मिला थापाले गरेको गोल नै खेलको निर्णायक […]

July 23, 2018

‘एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडी’

पेरिस (एजेन्सी) –चेल्सी मिडफिल्डर टिइमोवे बाकायोकोले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । गत साता फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक एमबाप्पे अरुभन्दा निकै राम्रो खेल्ने बाकायोकोले बताएका छन् । विश्व कपका युवा खेलाडी घोषित एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को […]

July 23, 2018

अमेरिकामा युनाइटेडको अर्को बराबरी

क्यालिफोर्निया (एजेन्सी)– एलेक्स सान्चेजले प्रभाव पार्न नसकेपछि अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड आज सान जोसे अर्थक्वेक्ससँग गोलरहित बराबरीमा रोकिएको छ । भिसा समस्याका कारण पहिलो मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेको सान्चेज दोस्रो खेलमा सहभागी थिए । तर, उनले खेलमा खासै प्रभाव जमाउन सकेनन् । चिलीका फरवार्डले पहिलो हाफमा फ्रिकिकमार्फत गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन […]

July 23, 2018

इकार्डी र हाजार्ड रियलको सम्झौता नजिक

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले यस ट्रान्सफर सिजनमा आफ्नो सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमायो । त्यस पश्चात रियल उनको विकल्पको खोजीमा रहेको छ । रियलको प्राथमिकतामा पेरिस सेन्ट जर्मन (पिएसजी) का दुई स्टार नेयमार र किलियन एम्बाप्पे रहेको थियो । तर दुवै खेलाडीहरुले यो सिजन पेरिसमै रहने बताएपछि रियलले फेरी अन्य विकल्पहरु […]

July 23, 2018

अपमानका कारण अन्तर्राष्ट्रिय फुटबलबाट ओजिलको सन्यास

म्युनिख (एजेन्सी)– जर्मनीका मिडफिल्डर मेसुट ओजिजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका छन् । आर्सनलका २९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको […]

July 23, 2018

नेयमारको दाबी, ‘साँच्चै दुखेको हो’

काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप २०१८ समाप्तीसँगै यसको चर्चा पनि धेरै हदसम्म सेलाइसकेको छ । एक प्रकारले विश्वकपको ‘ह्यान्ग ओभर’ अब समाप्त हुने विन्दुमा छ । तर पर्खौ, फुटबल पारखीहरूले नेयमारको भित्री कुरा नसुनेर कसरी मुक्त हुन पाउँछन् र ? यसपल्टको विश्वकपका एक चर्चित अनुहारमा पर्छन्, यी ब्राजिली खेलाडी नेयमार । धेरैका लागि उनी यस विश्वकपका […]

July 22, 2018

महिला राष्ट्रिय लिग भोलिदेखि, आर्मी र पुलिसबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोलीले सोमबारबाट सुरु हुने उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा तीन विभागीयसहित ५ टोलीको सहभागिता रहने एन्फाले जनाएको छ ।   पुलिस, आर्मी,एपिफ तथा रौतहट र काठमाडौं जिल्लाले लिगमा प्रतिस्पर्धा गर्दैछन् । […]

Koji

July 22, 2018

प्रशिक्षक कोजी – “लक्ष्य साफ च्याम्पियनसिप”

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाल राष्ट्रिय टोलीका प्रशिक्षक ग्यातुकी कोजीले इन्डोनेसियसाको जाकार्तामा भदौको पहिलो साताबाट सुरु हुने एसियाली खेलकुदलाई साफ च्याम्पियनसिपको तयारीको रुपमा हेरेका छन्।  यू २३ टोलीको प्रशिक्षण गरिरहेका कोजीले बंगलादेशमा हुने साफ च्याम्पियनशिपलाई प्राथमिकताको रुपले हेरेका छन्। “हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन गेम्स साफका लागि तयारी हो”, उनले आइतबारको प्रशिक्षण पछि मिडियासँग भने। त्यस्तै कोजीले […]

July 22, 2018

विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले ब्राजिलियन अन्तर्राष्ट्रिय विलियनका लागि ५३ मिलियन युरो प्रस्ताव गरेको थियो । दुई क्लबका प्रतिनिधिबीच उनका विषयमा छलफल भइरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार ला लिगा […]

Success

Thank you for your time.