August 12, 2018
बर्नबेउ (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ आंै बर्नबेउ ट्रफीमा शनिबार राति इटालियन क्लब एसी मिलानलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । रियललाई च्याम्पियन बनाउन करिम बेन्जिमा, ग्यारेथ बेल र बोर्जा […]
August 12, 2018
मोनिनेक्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन नव प्रवेशी क्लब वल्भरह्याम्टन वन्डरर्ससँग बराबरीमा रोकिएको छ । वल्भरह्याम्टनको घरेलु मैदानमा भएको भएको खेलमा १० खेलाडीमा समेटिएको एभर्टनले दुईपटक अग्रता लिएर पनि वल्भरह्याम्टनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो । एभर्टनका लागि दुवै गोल रिचार्लीसनले गरे । उनले एभर्टनको डेब्यु खेलमा नै दुई गोल गर्न सफल […]
August 12, 2018
बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका रक्षक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन् । बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका स्पेनिस टोलीका प्रशिक्षक लुइस इनरिकेलाई पिकेले आफु टोलीमा नफर्कने बताएका छन् । समर्थक र सञ्चारमाध्यमको आलोचनाका कारण पिकेले विश्व कप २०१८ को छनोटका क्रममा सन् २०१६ अलबानियासँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबल छाड्ने संकेत गरेका थिए । बार्सिलोनामा जन्मेका […]
August 12, 2018
लन्डन (एजेन्सी) – शुक्रबारबाट सुरु भएको प्रिमियर लिगलाई यो बर्ष कस्ले जित्ला भन्ने आंकलन गर्न थालिएको छ । यतिमात्र हैन क्लबहरुले पनि आफ्नो टिमलाई बलियो बनाउन थुप्रै खेलाडी किनबेच समेत गरे । आफूले चाहे अनुरुपको टिम बनाउने आशामा धेरैले मोटो रकम खर्चे । प्राय प्रिमियर लिग टिमको भाग्य एक खेलाडीमा निर्भर हुन सक्छ । प्रस्तुत […]
August 12, 2018
रियो (एजेन्सी) – सुपरस्टार पेलेले ब्राजिलियन जोडी एलिस्सन र फिर्मिनोले लिभरपुललाई प्रिमियर लिग जिताउन भूमिका खेल्ने धारणा राखेका छन् । सन् १९८९/९० को सिजनपछि लिभरपुलले प्रिमियर लिग जित्न सकेको छैन। जर्गेन क्लोप्पको प्रशिक्षणमा रहेको टोलीले गोलरक्षक एलिसन र नाबी केइटा, फाबिन्होसँगै साकिरीलाई भित्र्याएर आफुलाई मजबुत गर्ने प्रयास गरेको छ । एलिसनको आगमनसंगै लिभरपुलमा एकपटक पुनः […]
August 11, 2018
टोकियो (एजेन्सी)– जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ । जे लिगमा दोस्रो खेल खेलिरहेका इनियस्टाले पहिलो गोल गर्न सफल भए । घरेलु मैदान मिसाकी पार्क स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनिस्टाकै गोलमा भिसेल कोवीले […]
August 11, 2018
लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जितसहित प्रिमियर लिगको सुखद शुरुवात गरेको छ । चेल्सीले प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डमाथि ३–० को सानदार जित निकालेको हो । चेल्सीको जितमा एङ्गोलो कान्टे, जर्जिन्हो र पेड्रो रोड्रिग्वेजले गोलग गरे । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३५ औं मिनेटमा कान्टेको गोलबाट अग्रता […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ । यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपाली टोलीले २–० को अग्रता लिएको छ । अनुस्का शेर्पाको गोलबाट आठौं मिनेटमा अग्रता लिएको नेपालका लागि अर्को गोल सविता राना मगरले १४ औं मिनेटमा गोल गरेकी थिइन् । नेपालले अर्को खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पाकिस्तानलाई हराइसकेको […]
August 11, 2018
सेन्ट जेम्सपार्क (एजेन्सी)- टोटनह्याम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । टोनटह्यामले न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–१ ले निराश पार्दै विजयी सुरुवात गरेको हो । टोनह्यामको जितमा जान भेर्टाेङहेन र डेले अलीले गोल गरे । न्यु क्यासलका जोसेलुले एक गोल फर्काए । सेन्ट जेम्सपार्कमा भएको खेलमा टोटनह्यामले जान भेर्टाेङहेनको आठौं मिनेटमा गरेको गोलबाट अग्रता […]