default_image

फुटबल

December 9, 2023

बिनोङको गोलमा बुटवललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ । साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा […]

December 9, 2023

आहा! रारा गोल्ड कप माघ दोस्रो साता सुरु हुने

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा गोल्ड कप २०८० माघ दोस्रो साता सुरु हुने भएको छ । आयोजक सहारा क्लबले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा ए डिभिजनका क्लब, नेपाल सुपर लिगका टिम, विदेशी टिम, मोफसल सहित आयोजक सहारा क्लबको टोलीको सहभागिता रहने जनाएको छ । गत वर्ष ए डिभिजन क्लब संकटा क्लबले फाइनलमा भुटनिज युथ […]

December 9, 2023

धनगढी र इलामको रोमान्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसीले अंक बाँडेका छन् । इलामले पहिलो हाफमा २-० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा खेल २-२ को बराबरीमा सकियो । धनगढीले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि अन्त्यतिर लगातार दुई गोल खाँदा […]

December 9, 2023

इलामलाई पहिलो हाफमै दुई गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – हाफको अन्तिम समयमा दुई गोल गर्दै स्पोर्टिङ्ग इलाम एफसिले धनगढी एफसी विरुद्ध मध्यान्तर सम्म २-० को अग्रता बनाएको छ । धेरै अवसर सिर्जना नभएको खेलमा इलामले अन्त्य तर्फ दुई गोल गर्दै खेलमा बलियो अग्रता बनाएको छ । इलामले रक्षापंक्तिमा दुई जना महत्वपूर्ण खेलाडीको बिना मैदानमा उत्रिएको छ । डिफेन्डर आशिष गुरुङ […]

December 9, 2023

रोनाल्डोको १२सयौं खेलमा गोल र असिस्ट

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक करियरको १२सयौं खेलमा गोल र असिस्ट प्रदान गरेका छन् । साउदी प्रो लिगमा अल नासरले अल रियादलाई ४–१ ले पराजित गरेको खेलमा व्यवसायिक करियरको १२सयौं खेल खेलिरहेका रोनाल्डोले एक गोल र एक असिस्ट प्रदान गर्न सफल भएका हुन् । ३८ वर्षीय रोनाल्डोले साडियो मानेको क्रसमा पहिलो […]

December 9, 2023

दिपा र प्रितीको डेब्युमा किकस्टार्टको जित

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डरद्वय दीपा शाही र प्रिती राईले भारतीय लिगमा डेब्यु गरेको खेलमा किकस्टार्ट एफसीले सिजनमा विजयी सुरुवात गरेको छ । किकस्टार्टले होप्स एफसीलाई ३-० ले हराएर आफ्नो नयाँ सिजनमा विजयी सुरुवात गर्यो । जितमा युम्लेम्बम पक्पी देवीले दुई गोल गरे भने करिश्मा शिरभोईकरले एक गोल गरिन् । दुवै नेपाली खेलाडीले सुरुवाती रोजाइमा […]

December 8, 2023

संकटमा सेगुराको झापा!

सुबास हुमागाईं, काठमाडौं स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ । लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र […]

December 8, 2023

सेथुको बराबरीमा एन्जिला प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय महिला लिग २०२३-२४ को उद्घाटन खेलमा गोकुलम केरला एफसीसँगको सेथु एफसीको गोलरहित बराबरीमा नेपाली राष्ट्रिय टोलीकी एन्जिला तुम्बापो सुब्बाले प्लेयर अफ द म्याचको प्रदर्शन गरेकी छन् । सेथुसँग लगातार दोस्रो सिजन भारतीय महिला लिगमा खेलिरहेकी एन्जिलाले आज साविक विजेता विरुद्ध क्लिन सिट राखेकी हुन् । नेपाल राष्ट्रिय टिमकी डिफेन्डर गीता राना […]

December 8, 2023

सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा

सन्जोग चाम्लिङ प्रिय पाठक, यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ । प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर – सावित्रा भण्डारी । पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने […]

December 8, 2023

जितविहिन झापा र वीरगन्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ मा जित दर्ता गर्न बाँकी रहेका दुई टोली झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले पाएको अवसर सिर्जना गर्न नसक्दा जितबाट बन्चित रहे । झापाले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको थियो । दोस्रो […]

Success

Thank you for your time.