August 23, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त भएको बताएका छन् । रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गएको र हाल दुबै खेलाडीको लिग फरक फरक भएकाले उनीहरुबीचको प्रतिस्पर्धा समाप्त भएको बार्सिलोनाका प्रशिक्षकले बताएका हुन् । रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स […]
August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०१८ यहि भदौ १९ देखि बंगलादेशमा हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँडा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् । बालगोपाल र बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा […]
August 23, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कालोनीले सुपर स्टार लियोन मेसी कहिले टोलीमा फर्कन्छन् भन्ने कुनै टुंगो नभएको बताएका छन् । भविष्यमा के हुन्छ भन्ने विषयमा मेसीसँग छलफल नभएको स्कालोनीले जनाए । रसिया विश्व कपमा टोलीको नेतृत्व गरेको ३१ वर्षे मेस्सीले अहिले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।यो वर्ष उनले राष्ट्रिय टोलीबाट […]
August 23, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सी तथा बेल्जियमका स्टार इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गर्न अन्तिम प्रयास थालेको छ । क्लबले यस सिजनको समर ट्रान्सफर सकिनुअघि नै चेल्सीका अट्याकिङ मिडफिलडर हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने अन्तिम प्रयास थाल्ने भएको हो । स्पेनमा ३१ अगस्टसम्म समर ट्रान्सफर खुल्ला छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन […]
August 23, 2018
टुनिर (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चार सन्तानका पिता हुन् । उनले आफ्नो ठूलो छोरा आफु जस्तै खेलाडी भएको सपना देखेको स्वीकार गरेका छन् । यद्यपी उनले खेलाडी बन्नकै लागि भने दबाब नदिने बताएका छन् । ८ वर्षे क्रिस्टियानो जुनियरले बेर्नाबेउमा हुँदा देखाएको खेल कौशललाई रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा समेत राखेका थिए । उनमा पनि […]
August 22, 2018
बोएनो आएर्स (एजेन्सी) – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन । बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा […]
August 22, 2018
टुरीन (एजेन्सी) – नेपोलीका मिडफिल्डर एलानले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्टसले लिग जित्न नसक्ने बताएका छन् । ३२ वर्षीय स्ट्राइकर रोनाल्डोले शनिबार किएभीविरुद्धको खेलबाट सिरी ए मा डेब्यु गरे । उनी जुलाईमा रियल म्याड्रिडबाट ११२ मिलियन युरोमा इटालियन क्लब पुगेका थिए । रोनाल्डोले आफ्नो डेब्यु खेलमा गोल गर्न नसकेपनि उनकै कारणले टेलिभिजनमा खेल हेर्ने दर्शकको […]
August 22, 2018
म्यानचेस्टर (एजेन्सी)- पूर्व रेड डेविल्स स्टार ली सार्पले फ्रान्सेली प्रशिक्षक जिनादिन जिदानलाई म्यानचेस्टर युनाइटेडमा नियुक्त गर्नु राम्रो भएको बताएका छन् । जोसे मोउरिन्होको परिक्षा सकिसकेको र युनाइटेडका लागि जिदान एक आदर्श उम्मेदवार भएको उनले बताएका हुन् । पूर्व रियल मड्रिड प्रशिक्षक जिदान यसै सिजन ओल्ड ट्राफोर्ड आउन सक्ने हल्ला चल्दै आएको छ । यो परिवर्तन […]
August 22, 2018
काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको […]
August 22, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न चाहन्छन् । उनी यहि सिजन १ सय मिलयन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले इटालीमा एक क्षत्र राज गरेपछि च्याम्पियन्स लिगमा सफलता भने पाउन सकेको छैन […]