default_image

फुटबल

August 26, 2018

‘नेयमार र एमबाप्पेमा कुनै मनमुटाव छैन’

पेरिस (एजेन्सी) – विश्व फुटबलको स्टार खेलाडीद्द्वय ब्राजिलीयान फरवार्ड नेयमार र फ्रेन्च केलियन एमबाप्पेबीच कुनै मनमुटाव नरहेको डिफेन्डर थोमस म्युनियरले बताएका छन् । पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार खेलाडी नेयमार र एमबाप्पेबीच पछिल्लो समय आन्तरिक मनमुटाव रहेको खबर बाहिर आएको सरासर झुट रहेको पीएसजीकै म्युनियरले बताएका हुन् । ‘नेयमार र एमबाप्पेमा कुनै प्रतिद्वन्द्वीता छैन । […]

August 26, 2018

न्यु क्यासलमाथि चेल्सीको संघर्षपूर्ण जित

न्यु क्यासल (एजेन्सी) – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । लिग अन्र्तगत आज भएको खेलमा चेल्सीले न्यु क्यासलमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ७६औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो । इडेन हाजार्डको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । […]

August 26, 2018

प्रिमियर लिगमा वाटफोर्डको लगातार तेस्रो जित

वाटफोर्ड (एजेन्सी)– वाटफोर्डले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । शत प्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । वाटफोर्डको जितका लागि रोबर्टो पेरेयरा र जोसे होलेबसले गोल गरे । प्यालेसका लागि विलफ्राइड जाहाले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि ५३ औं मिनेटमा पेरेयराको […]

August 26, 2018

रोनाल्डोको गोलका लागि धैर्यता राख्न एलेग्रीको आग्रह

टुरिन (एजेन्सी)– रियल म्याड्रिडबाट यहि सिजन युभेन्ट्स पुगेका स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा लगातार दुई खेलमा गोल गर्न असफल भएका छन् । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले रोनाल्डो बचाउ गर्ने क्रममा समर्थकलाई धर्यता राख्न अनुरोध गरेका छन् । मिरालिम प्यानिच र मारियो मान्जुकिचको गोलमा इटालियन लिगको साविक विजेता युभेन्ट्सले शनिबार लाजियोलाई २–० ले हराएको थियो । त्यो […]

August 26, 2018

अमेरिकी फुटबलमा जोसेफको नयाँ रेकर्ड

ओर्लान्डो (एजेन्सी) – एट्लेन्टा युनाइटेडका स्ट्राइकर जोसेफ मार्टिनेजले मेजर लिग स्कोर (एमएलएस)मा नयाँ रेकर्ड बनाएका छन् । उनले एमएलएसको इतिहासमा एक सिजनमा सर्वाधिक २८ गोल गर्दै रेकर्ड बनाएका हुन् । ओर्लान्डो सिटीविरुद्धको जितमा उनले एमएलएसको इतिहासमा एक सिजनमा २८ गोल गर्ने खेलाडी बनेका हुन् । यसअघि अमेरिकाका रोय लेसिटर र क्रिस वोन्डोलोस्की तथा इंग्लयान्डका ब्राड्ली […]

August 26, 2018

ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड (एजेन्सी) – संयुक्त राज्य अमेरिकामा हुने भनिएकोे ला लिगा खेल योजनामा सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । यसअघि स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो । स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला […]

August 26, 2018

बार्यनका विंगर मैदान बाहिर रहने

म्युनिख (एजेन्सी) – फ्रान्स तथा बार्यन म्युनिखका विंगर किंग्सले कोमन केहि साता मैदान बाहिर रहने भएका छन् । उनी खुट्टाको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केहि हप्ता मैदान बाहिर बस्ने भएका हुन् । शुक्रबार बायर्नले सिजनको पहिलो खेलमा होफेनहाइमसँग खेल्दा २२ बर्षीय कोमन घाइते भएका थिए । खेलमा बार्यनले होफेनह्यामलाई ३–१ ले पराजित गरेको थियो […]

August 26, 2018

बार्सिलोनाको कठिन जित

जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा […]

August 26, 2018

लिभरपुल विजयी, सलाहको निर्णायक गोल

एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।   एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको […]

August 26, 2018

युभेन्ट्सको लगातार दोस्रो जित

टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लाजियोलाई २-० ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा १-१ गोल सम्भव भएको थियो । खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेम प्यानिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल फरवार्ड मारियो मान्जुकीचले ७५ औं मिनेटमा […]

Success

Thank you for your time.