September 7, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी […]
September 7, 2018
प्रकाश तिमल्सिना ढाका– हरेक मान्छेका आफ्नै सपना हुन्छन् । फरक मान्छे फरक सपना । तर, राष्ट्रिय टोलीमा पर्ने हरेक खेलाडीको समान सपना भनेको टोलीलाई जित दिलाउने हुन्छ । त्यसपछि आउछ व्यक्तिगत सपना । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा बिहीबार भुटानसँग खेल्दै कप्तान विराज महर्जनले नेपाललाई सर्वाधिक क्याप जित्ने सपना पुरा गरे । उनकै ब्याचका […]
September 7, 2018
रियो (एजेन्सी) – पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान घोषित भएका छन् । प्रशिक्षक टिटेले बिहीबार औपचारिक घोषणा गर्दै नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिएका हुन् । यसअघि टिटेले हरेक खेलमा नयाँ कप्तान छानेर सबै सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने गरेका थिए । यसक्रममा विश्वकपदौरान ब्राजिलका लागि थियागो सिल्भा, मिरान्डा र […]
September 7, 2018
आम्स्टरड्याम (एजेन्सी) – डच मिडफिल्डर वेस्ली स्नाइडरले बिहिबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । नेदरल्यान्ड्सले गएराती पेरुविरुद्ध २-० जितमा हात पर्दा अन्तिम पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका उनले टोलीको कप्तानी गरेका थिए । सन् २००३ मा पोर्चुगलविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका उनले १५ वर्षका दौरान १ सय ३३ खेलमा सहभागिता जनाए । […]
September 7, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को दोस्रो खेलमा भुटानलाई हराएको नेपाली टोलीलाई शुक्रबार आराम दिइएको छ । यद्दपी टोलीका खेलाडीले स्विमिङ पुल र जिममा समय बिताएका छन् । शनिबार समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशको सामना गर्नुपर्ने भएकाले पनि टोलीलाई आराम दिइएको छ । सुरुवाती दुई खेल जित्दै बंगलादेश सेमिफाइनल पुग्ने सबैभन्दा […]
September 7, 2018
प्रकाश तिमल्सिना, ढाका ‘आइ लभ हिम ।’ पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘ । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने […]
September 7, 2018
म्युनिख (एजेन्सी) – युइएफए नेसन्स लिगमा जर्मनीले विश्वविजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भएको छ । म्युनिखमा भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । एलिनाज एरिनामा बिहिबार राति भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई दवावमा राखेपनि गोल गर्न सकेन । जर्मनीले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । फ्रान्सले पनि केही […]
September 7, 2018
कार्डिफ (एजेन्सी) – रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले क्लबको फर्मलाई राष्ट्रिय टोलीमा पनि जारी राखेपछि यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबार भएको बी लिगको चौथो समूहमा वेल्सले आयरल्यान्डलाई ४-१ ले पराजित गरेको छ । घरेलु मैदान कार्डिफ सिटी रंगशालामा वेल्सले छैटौं मिनेटमा टम लरेन्सको गोलमा अग्रता लिएको थियो । पूर्व लिभरपुल मिडफिल्डर जो एलनको पासलाई […]
September 7, 2018
लिस्वन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्रोएसिया र पोर्चुगलको खेल बराबरीमा टुंगिएको छ । बिहीबार राती भएको खेलमा घरेलु टोली पोर्चुगलले विश्व उपविजेता क्रोएसियालाई १–१ गोलको बराबरीमा रोकेको हो । लिस्वनमा बिहिबार राति भएको खेलमा पोर्चुगलले खेलमा पछि परेको स्थितिमा बराबरी गोल गर्न सफल भएको हो । क्रोएसियाका इभान पेरिसिकले गोल गरे । पोर्चुगलका […]
September 7, 2018
म्याड्रिड (एजेन्सी) – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् । रियलका लागि खेलिसकेका म्याकमानमानले पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् । पाँच पटकका ब्यालोन डीओर विजेता रोनाल्डो […]