September 11, 2018
पोर्ट-अ-प्रिन्स (एजेन्सी) – हाइटीको राष्ट्रिय फुटबल टोलीले कन्काकाफ नेसन्स लिग छनोट अन्तर्गत कीर्तिमानी जित दर्ता गर्ने क्रममा सिन्ट मार्टेनको राष्ट्रिय टोलीलाई १३-० ले पराजित गरेको छ । पहिलो हाफमा ५-० ले अगाडी रहेको हाइटीले दोस्रो हाफमा ८ गोल थपेको थियो । हाइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित सिल्भियो कातोर रंगशालामा हाइटीका लागि फरवार्ड डकेन्स नाजोनले ५ गोल गरे […]
September 11, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले छिट्टै मैदान फर्कने बताएका छन् । गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जिताएपछि जिदानले विश्राम लिने घोषणा गरेका थिए । स्पेनिस टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्ने क्रममा उनले आफू छिट्टै खेलमा फर्कने योजना रहेको खुलासा गरेका हुन् । ‘पक्कैपनि । म छिट्टै प्रशिक्षणका लागि मैदानमा फर्कंदै […]
September 11, 2018
लिस्बन (एजेन्सी) – यूईएफए नेसन्स लिगको समूह ए३ अन्तर्गत सोमबार भएको खेलमा पोर्चुगलले इटालीलाई १-० ले पराजित गरेको छ । पोर्चुगलका लागि दोस्रो हाफमा आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक सावित भयो । पछिल्लो सिजन इटालियन क्लब एसी मिलानमा अपेक्षित प्रदर्शन गर्न नसकेका सिल्भाले खेलको ४८ औं मिनेटमा ब्रुमाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए […]
September 10, 2018
एजेन्सी – च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएसंगै युरोपका टोलिले आफ्नो भाग्य निर्धारणको बाटो हेर्न थालिसकेका छन् । बार्सिलोना, पेरिस सेन्ट जर्मन र लिभरपुल जस्ता क्लबहरु कठिन समुहमा परेसंगै सबैले ठूला क्लबहरुका खेल पर्खिन थालेका छन् । क्लबहरुको खेलसंगै ठूला र नाम चलेका स्ट्राइकरहरुले यस सिजन कति गोल गर्छन भन्ने अड्कल बाजी चल्न थालेका छन् […]
September 10, 2018
मेक्सिको (एजेन्सी) – अर्जेन्टिनाका पूर्व फुटबलर तथा प्रशिक्षक डिएगो म्याराडोना मेक्सिकोको दोस्रो श्रेणीको क्लब डोराडोस डे सिनालोआको प्रशिक्षक पदमा नियुक्त भएका छन् । यद्यपी यो क्लब मेक्सिकोमा लागुपदार्थका लागि कुख्यात मानिने ठाउँमा अवस्थित छ । जारी सिजनको सुरुआती ६ खेलसम्म पनि जित दर्ता गर्न नसकेको डोराडोस लिग तालिकामा १३ औं स्थानमा छ । लिगअवधिमा दुई […]
September 10, 2018
ढाका (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि नेपाली राष्ट्रिय टिममा पूनरागमन गरेका मिडफिल्डर निराजन खड्काले जारी साफलाई बिर्सन नसकिने बताएका छन् । निराजनले सन् २०१३ पछि साफ सुजुकी कपबाट राष्ट्रिय टिममा पूनरागमन गर्न सफल हुन् । ‘एउटा खेलाडीको लागि लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेर गोल गर्नु जतिको खुशी अरु हुन सक्दैन । म एकदमै […]
September 10, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीका रुपमा नआँक्ने बताएका छन् । प्रशिक्षक महर्जनले सोमबार पत्रकारसँगको कुराकानीका क्रममा माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीको रुपमा नलिइएको बताएका हुन् । नेपालले सेमिफाइनलमा बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । ‘माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी हैन । सेमिफाइनलमा पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन । हामीले माल्दिभ्सको […]
September 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने भएको छ । झन्डै पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सोमबार एक कार्यक्रममा महानगरले क्लबहरुसँग सम्झौता पत्रमा हस्ताक्षर पनि गर्यो । […]
September 10, 2018
ज्युरीच (एजेन्सी) – लिभरपुलमा यसै सिजन भित्रिएका मिडफिल्डर जेर्डान साकिरीले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए२ मा स्विटजरल्यान्डले आइसल्यान्डलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । साकिरीले एक गोल गर्नुका साथ दुई असिस्ट प्रदान गर्दा घरेलु टोलीले उत्कृष्ट सुरुआत गर्यो । स्टिभन जुबर र डेनिस जाकारियाले खेलको पहिलो हाफमा गोल गर्दै स्विस […]
September 10, 2018
विवेक सुवेदी ढाका – साफ सुजुकी कपको सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले आज प्रशिक्षण गरेको छ । नेपाली टिम आइतबार विश्राममा बस्दै आज शेख जमल धनमुन्डी क्लबमा प्रशिक्षण गरेको हो । नेपाली टिमले आइतबार विश्राममा बस्दै जिम र स्वीमिङमात्रै गरेको थियो । आज नेपाली टिमले करिव दुई घन्टा सामान्य अभ्यास गरेको हो । नेपालले बुधबार सेमिफाइनलको […]