default_image

फुटबल

November 23, 2023

झापा लिगमा हल्दिबारी र बिर्तामोडको बराबरी

हिमाल खरेल, भद्रपुरझापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको […]

November 22, 2023

दर्शकको उपस्थितिले एनएसएल अझै भव्य हुने अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बुधबार एक पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको पहिलो संस्करणको अपार सफलतापछि दोस्रो संस्करणमा केहि फरक माहोल हुँदैछ । […]

November 22, 2023

लेडी जेसिज कप महिला फुटबल – सेमिफाइनल समिकरण पूरा

सुशिल पन्त क्षेत्री, चितवनचितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार तीन खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको हो । प्रतियोगिता अन्तर्गत नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्रमा) भएको पहिलो खेलमा गैंडाकोट एफसीले चितवन ११ लाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । गैंडाकोटलाई सहज जित […]

November 22, 2023

अर्जेन्टिनाले ब्राजिललाई हरायो

एजेन्सी – फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी अर्थात कन्मेबोल छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । विश्व फुटबलकै सबैभन्दा ठूलो मध्यको एक मानिने “सुपर क्लासिको” मा अर्जेन्टिनाले बुधबार ब्राजिल माथि १-० को जित निकालेको हो । घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिल विरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले खेलको एकमात्र गोल गरे । […]

November 21, 2023

अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ । खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध […]

November 21, 2023

नेपाल यमनसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए । नेपालले पहिलो खेल चोटका कारण गुमाएका […]

November 21, 2023

राष्ट्रिय टोलीमा राजेशको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड राजेश परियारले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ दोस्रो चरणको छनोट अन्तर्गत यमनविरुद्ध खेलमा डेब्यु गरेका हुन् । उनले ७९ औं मिनेटमा अन्जन विष्टको स्थान लिएका हुन् । उनले गत सिजन फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका थिए । एनएसएलका लागि चितवनमा अनुबन्धित उनी पहिलो […]

November 21, 2023

अन्जलीको गोलमा गोकर्णेश्वरको जित

सुशिल पन्त, चितवनचितवनमा मंगलबार सुरु भएको लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो । गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो […]

November 21, 2023

लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट

एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […]

November 21, 2023

अनन्त र दिनेश नेपाली टोलीमा फिर्ता

काठमाडौं (हाम्रोखेलकुद) – डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता भएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्ध पहिलो खेल चोटका कारण गुमाएका अनन्त र दिनेश आज साँझ हुने यमनविरुद्धको खेलका लागि भने टोलीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अनन्त र दिनेशले पहिलो खेलमा घाइते […]

Success

Thank you for your time.