default_image

फुटबल

November 29, 2023

पिएसजी न्युकासलसँग हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग […]

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]

November 27, 2023

झापामाथि इलामको जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टिङ इलाम डे मेची फुटबल क्लबले नेपाल सुपर लिगमा आफ्नो पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार झापा फुटबल क्लबलाई १-० ले पराजित गर्दै इलामले एनएसएलको पहिलो जित दर्ता गर्यो । यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले अमाथ एनडाको गोलमा जित हासिल गरेको हो । झापा भने पहिलो […]

November 27, 2023

पहिलो हाफमा इलाम र झापा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत सोमबार भइरहेको पाँचौ खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसी बीच खेल चलिरहेको छ । पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा जारी निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका छन् । इलामले आक्रमण बुनेपनि विपक्षी गोलरक्षकलाई परिक्षण […]

November 27, 2023

नवप्रवेशी इलाम र झापा पूर्वेली डर्बीमा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत सोमबार हुने खेलमा दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्पोर्टिङ्ग इलाम डे मेची भिड्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । इलाम प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स विरुद्धको हार उल्ट्याउँदै सुखद नतिजा ल्याउने दाउमा हुनेछ । झापा एफसीको भने विजयी सुरुवातको […]

November 27, 2023

युनाइटेडको सहज जितमा गार्नाचोको सानदार गोल

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले जित हासिल गरेको छ । युनाइटेडले एभर्टन माथि ३-० को जित निकालेको हो । म्यानचेस्टर युनाइटेडका लागि अलेहान्द्रो गार्नाचो, मार्कस र्यासफर्ड र एन्थोनी मार्सीयालले एक एक गोल गरे । खेलको अग्रता युनाइटेडले तेस्रो मिनेटमा नै गार्नाचोको उत्कृष्ट गोलको मद्दतले लियो । डियोगो डालोटको […]

Success

Thank you for your time.