default_image

फुटबल

December 26, 2023

काठमाडौंलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै मंगलबार ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले हराएको हो ।ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् । योसँगै ललितपुरले काठमाडौंसँग हारको सिलसिलालाई अन्त्य गरेको छ […]

December 26, 2023

काठमाडौं विरुद्ध ललितपुरलाई २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग(एनएसएल ) प्लेअफ इलिमिनेटर जारी खेलमा ललितपुर सिटी एफसीले मध्यान्तर सम्म काठमाडौं रेजर्स विरुद्ध २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक गोल गरेका हुन् । खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु […]

December 26, 2023

एनएसएलको एलिमिनेटरमा काठमाडौं र ललितपुर खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को उपाधि होडको‌ सम्भावनालाई जीवित राख्न ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच आज (मंगलबार) प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।ललितपुर अंक तालिकाको तेस्रो र साविक विजेता काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको थियो । पहिलो चरणको अन्तिम खेलमा ललितपुरलाई नै १-० ले हराएर […]

December 25, 2023

धनगढी लगातार एनएसएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सलाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा‌ पुगेको छ । निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो । धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो […]

December 25, 2023

पोखरा र धनगढीको‌ खेल पेनाल्टीमा गयो

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ । लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ […]

December 25, 2023

पहिलो क्वालिफायर अतिरिक्त समयमा लम्बियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा पोखरा थन्डर्स र धनगढी एफसी बीच सोमबार जारी पहिलो क्वालिफायर खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको छ । पहिलो हाफमा पोखराले खेलमा आफ्नो पकड बनाउँदै खेलमा अग्रता लिएको थियो […]

December 25, 2023

आयुषको गोलमा पोखरा अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग( एनएसएल) को क्वालिफायरमा सोमबार पोखरा थन्डर्सले धनगढी एफसी विरुद्ध मध्यन्तरसम्म १-० को अग्रता बनाएको छ । मार्की खेलाडी आयुष घलानको गोलमा पोखराले अग्रता लिएको हो । खेलको सुरुवाती समयदेखि नै पोखराले खेलमा आक्रमण बुनिरहेको थियो । सुरुवातमै अग्रता पनि लियो । तर पहिलो हाफको मध्यान्तारसम्म पुग्दा […]

December 25, 2023

एरिक बने करेन्टको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । नेपाल राष्ट्रिय फुटबल टोली मिडफिल्डर समेत रहेका एरिकसँग कम्पनीले सोमबार एक वर्षको लागि सम्झौता गरेको छ । सम्झौता रकम भने खुलाइएको छैन । एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन […]

December 25, 2023

पोखरा र धनगढी फाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । ८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल […]

December 25, 2023

चेल्सीको अर्को हार

एजेन्सी – प्रिमियर लिगमा चेल्सीले अर्को हारको‌ सामना गरेको छ । आइतबार उल्भ्ससँग चेल्सी २–१ ले पराजित भएको थियो । उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले गोल गरेका थिए। लेनिनले ५१औं र डोहर्टीले ६४ औं मिनेटमा गोल गरेका थिए। चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले इन्जुरी समयको छैटौं मिनेटमा गोल फर्काएका थिए । चेल्सी २२ अंक […]

Success

Thank you for your time.