default_image

फुटबल

December 18, 2023

काठमाडौं र धनगढी बीचको खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) मा सोमबार साँझ काठमाडौं रेजर्स र धनगढी एफसी बीचको खेल हुँदैछ । पहिलो संस्करणको फाइनल खेलमा यि दुई टोली बीचको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने छ । त्यतिबेला फाइनलमा काठमाडौंले धनगढीलाई १-० ले हराएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले हराएको थियो।धनगढी […]

December 18, 2023

लामाद्वारा एन्फा बैठक बहिष्कार

काठमाडौं (हाम्रो खेलकुद)-केन्द्रीय सदस्य पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को‌ सोमबार बसेको कार्यसमितिको बैठक बहिष्कार गरेकी छिन्। एन्फाको महिला संघका प्रतिनिधि उपाध्यक्ष कमला हिराचन र महासचिव विना श्रेष्ठलाई बैठकमा बस्न नदिएपछि अपमान भएको भन्दै लामाले बैठक बहिष्कार गरेकी हुन्। एन्फामा आबद्ध खेलाडी, प्रशिक्षक, रेफ्री संघका अध्यक्षलाई एन्फा कार्यसमितिको बैठकमा आमन्त्रण गर्ने गरिन्छ। […]

December 18, 2023

रियल फेरि शीर्ष स्थानमा

एजेन्सी- स्पेनिस ला लिगाको‌ शीर्ष रोमान्चक बनिरहेको छ। जिरोनालाई पछि पार्दै रियल म्याड्रिड पुनः पहिलो स्थानमा पुगेको छ । रियलले आइतबार भिल्लारियाललाई ४ – १ ले सहजै हरायो । टोलीको जितमा जुड बेलिङगम, रोड्रिगो,ब्राहिम डियाज र लुका मोड्रिचले गोल गरे। घरेलु टोलीले खेलको २५ औं मिनेटमा बेलिङगमको हेडर गोलमार्फत अग्रता लिएको थियो । ला लिगामा […]

December 18, 2023

केनको कीर्तिमानसँगै बायर्नको जित

एजेन्सी – इंग्ल्यान्डका कप्तान एवम् फरवार्ड ह्यारी केन उच्च लयमा छन्। त्यसैले बुन्डेसलिगामा उनले कीर्तिमान बनाएका छन्। बुन्डेसलिगामा उनी सर्वाधिक छिटो २० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । बायर्न म्युनिखले आइतबार राति भिएफबी स्टुटगार्टलाई ३ – ० ले हराउँदा केनले २ गोल गरे । घरेलु मैदान एलियान्ज एरिनामा केनले खेल दोस्रो मिनेटमा नै गोल गरेका […]

December 18, 2023

लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेले

एजेन्सी – इंग्लिस प्रिमियर लिगको १७औं चरणका खेलहरू सुरु हुनु अगाडी शीर्ष स्थानमा रहेको लिभरपुल चिर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । पछिल्लो समय खराब लयवता गुज्रिरहेको युनाइटेडका लागि भने यो राम्रो नतिजा रह्यो । गत सिजन लिभरपुल विरुद्धको अवे खेलमा युनाइटेड ७-० […]

December 17, 2023

आर्सनल र एस्टन भिल्ला विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो । ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर […]

December 17, 2023

सहारा यूके अध्यक्षमा गुरुङ

पोखरा (हाम्रो खेलकुद ) – सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । युकेमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए । […]

December 17, 2023

प्रिमियर लिगमा चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीले सेफिल्ड युनाइटेड विरुद्ध २-० को जित निकालेको हो । चेल्सीको जितमा कोल पाल्मर र निकोलस ज्याक्सनले गोल गरेका हुन् । पछिल्लो ४ खेलमा ३ हार बेहोरेको चेल्सी यस खेल अगाडि १३औं स्थानमा थियो । टोलीमा नयाँ व्यवस्थापन आएदेखि धेरै खेलाडी भित्र्याएको चेल्सीले यस सिजन सोचेअनुरुप प्रदर्शन गर्न सकेको […]

December 16, 2023

अन्तिम समयमा रोकियो म्यानचेस्टर सिटी

एजेन्सी – प्रिमियर लिगको पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी शनिबार अन्तिम समयमा गोलको सामना गर्दै बराबरीमा रोकिएको छ । २-० को अग्रता रहेको सिटी खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्रिस्टल प्यालेस विरुद्ध २-२ को बराबरीमा रोकिएको छ । यसअघिका दुई खेलमा जस्तै स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा अग्रता लिएको थियो […]

December 16, 2023

‘अवसरवादी भने पनि खण्डन गर्दिन’- एन्फा पूर्व महासचिव तुलाधर

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव इन्द्रमान तुलाधरले फुटबल राजनीतिमा आफूलाई अस्थिर वा अवसरवादीको आरोप लागेपनि त्यसलाई खण्डन नगर्ने बताएका छन् । एन्फामा पुनः प्रवेशको तयारीमा रहेका तुलाधरले एन्फा महासचिव किरण राईसँग शनिबार सातादोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्रकार सम्मेलनमा तुलाधरले भने, ‘म फुटबलमा काम गर्न रमाउने मान्छे हु । १२ […]

Success

Thank you for your time.