February 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा जारि खेलमा नेपाली युवा टोलीले मध्यान्तरसम्म युशु युवा टोलीविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि सन्जीब विष्ट र समिर तामाङले एक-एक गोल गरेका हुन् । सुरुवाती समय देखि नै आक्रामक देखिएको नेपाली टोली पाहुना टोलीमाथि हावी हुन पुग्यो । खेलको पहिलो मौका भने […]
February 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युशु युवा टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले मनिसं डाँगीको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन् । सुरुवाती ११मा राष्ट्रिय टोलीका नियमित सदस्य रहेका आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन लिम्बू जस्ता […]
February 10, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको फाइनल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली तथा साविक विजेता कतार र जोर्डन भिड्दैछन् । खेल बेलुका ८:४५ बजे लुसेल रंगशालामा सुरु हुनेछ । कतार लगातार दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ । सन् २०१९ मा युएईमा भएको पछिल्लो संस्करण कतारले जित्न सफल भएको थियो । […]
February 10, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली टोलीकी स्टार फरवार्ड सावित्रा “साम्बा” भण्डारी सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रेन्च शीर्ष डिभिजन अन्तर्गत आज फ्लिउरी ९१ विरुद्ध खेल्दै छ । घरेलु मैदानमा हुने सो खेल साँझ ७:१५ बजे सुरु हुने छ । साम्बाको आज ग्वेंगाम्पका लागि घरेलु डेब्यु हुनेछ । गत शनिवार बोर्डो विरुद्ध ७५औ मिनेटमा मैदान प्रवेश गरेर […]
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालविरुद्ध जारी दोस्रो ओडीआई खेलमा क्यानडाले ब्याटिङमा राम्रो सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले १५ ओभरसम्म पनि विकेट गुमाएको छैन । ओपनरद्वय आरोन जोन्सन र नवनित धलिवलले राम्रो ब्याटिङ गरेका छन् । १५ ओभरमा क्यानडाले ८१ रन जोडेको छ । जोन्सनले ४२ बलमा ७ चौकासहित ३७ रन जोडेका […]
February 9, 2024
पोखरा (हाम्रो खेलकुद)- आयोजक टोलीले दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक ६० वर्ष माथि च्याम्पियन बनेको छ । शुक्रबार भएको ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० ले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय […]
February 9, 2024
हेटौंडा (हाम्रो खेलकुद) – एनआरटी र नेपाल एपिएफ फुटबल क्लब दुबै टोलीले अन्तिम समयमा छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश पाएका थिए । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपिएफ र संकटा क्लब नआएपछि एनआरटीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा आउन निम्ता दिएको थियो। पहिलो रोजाईमा नपरेका यिनै दुई […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा शुक्रबार लिग चरणका खेलमा नक्सालको राई स्कुल, मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम र कीर्तिपुरको नेपाल एपीएफ स्कुल (ए) विजयी भएका छन्। सोहन श्रेष्ठको गोलमा राई स्कुलले सितापाइलाको हारती शिक्षा मन्दिरलाई १-० ले हरायो। राई स्कुलका आर्यनजंग थापा म्यान अफ दि म्याच घोषित भए। […]
February 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युशु युवा टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीलाई प्रशिक्षण गरिरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्सीय युवा टोली घोषणा गरेका हुन् । टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य रहेका आयुष घलान, मनिष डाँगी, उत्सव राई र लाकेन […]
February 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१९ महिला च्याम्पियनसिपमा बिहीबार भारत र बंगलादेश दुबै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको छ। पेनाल्टी सुटआउटपछि रेफ्रीको विवादास्पद निर्णयका कारण केही तनावग्रस्त अवस्था बनेको खेलमा सुरुवातमा भारतलाई विजेता घोषणा गरिएको थियो । तर केही समयपछि निर्णय उल्ट्याउँदै दुबै टोलीलाई विजेता घोषणा गरिएको हो । निर्धारित ९० मिनेट १-१ को […]