default_image

फुटबल

February 13, 2024

बागमती गोल्डकप आज सुरु हुँदै

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र क्लब र राइटलेन एजुकेसन बागमती युथ क्लबको उद्घाटन खेलसँगै मंगलबार छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। मकवानपुरको बागमती गाँउपालिकाको फापरबारी स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिता हुनेछ ।बागमती गाँउपालिकाकाे सहयोगमा खेलकुद विकास समिति बागमतीले प्रतियोगिताको आयोजना गरेको‌ हो । प्रतियोगितामा ए डिभिजनका‌ ६ सहित १० […]

February 13, 2024

चेल्सीको पुनरागमन जित

एजेन्सी – मिडफिल्डर कनर ग्यालाघरले २ गोल गर्दा चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसको मैदानमा जित दर्ता गरेको छ । सेलहर्स्ट पार्कमा चेल्सीले पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट ३-१ को जित दर्ता गरेको हो । जेफर्सन लर्माले ३० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले ३ गोल थप्दै […]

February 12, 2024

एपिएफ स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरको नेपाल एपिएफ स्कुल, जोरपाटीको मनकामना सेकेण्डरी स्कुल, नेपालय इंग्लिस पब्लिक स्कुल र जेम्स स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ स्कुल (क) ले प्रि क्वार्टरफाइनलमा डिएभी स्कुल जावलाखेललाई ५–० गोलले हराएको छ । एपिएफका लागि विवेक पश्चिमा थारु र एविन वस्यालले समान […]

February 12, 2024

मध्यपुर थिमि वडा लिग सुरु

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी सुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सोमबार लिगमा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गरयो । विज्ञान राजबहाकले खेल सकिन दुई मिनेट बाँकी […]

February 12, 2024

अक्सफोर्ड माविलाई बुटवल मेयर कपको उपाधि

सुमन अधिकारी,बुटवल अक्सफोर्ड माविले बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सोमबार नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ । दास्रो भएको नवीन औद्योगिक […]

February 12, 2024

वाफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा  

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता साउदी अरेबियामा सुरु हुने वाफ महिला च्याम्पियनसिपका लागि नेपाली २३-सदस्यीय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षण पश्चात अन्तिम टोलीको टुंगो लगाएका हुन् । उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् । यसैगरी […]

February 12, 2024

एएफसी सी लाइसेन्स डिप्लोमा कोर्स सुरु

ललितपुर (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको‌ आयोजनामा एएफसी सी लाइसेन्स डिप्लोमा प्रशिक्षक प्रशिक्षण सोमबार सुरु भएको छ। दुई‌ चरणमा हुने प्रशिक्षणमा पूर्व र वर्तमान राष्ट्रिय गरि १७ जनाको सहभागिता रहनको‌ छ। जसमा पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनसमेत सहभागी छन् ।पहिलो चरणमा ७ दिनको प्रशिक्षण हुने संघका अध्यक्ष समेत रहेका सहभागी विक्रम लामाले […]

February 12, 2024

आइभोरी कोस्टलाई एफ्कनको उपाधि 

एजेन्सी – आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि उचालेको छ । गए राती सम्पन्न फाइनलमा नाइजेरिया माथि २-१ को पुनरागमन जित निकाल्दै आइभोरी कोस्टले तेस्रो पटक उपाधि जितेको हो । आइभोरी कोस्टका लागि फ्रान्क केस्सी र सेबास्टियन हालेरले समान १ गोल गरे ।  खेलको ३८औ मिनेटमा नाइजेरियाले कप्तान विलियम ट्रुस्ट-एकंगको हेडर गोलको मद्दतले […]

February 12, 2024

यमल चम्कँदा बार्सिलोना हारबाट जोगियो

एजेन्सी – स्पेनिस युवा विंगर लमिन यमल चम्कँदा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । सुरुवाती अग्रता लिएको बार्सिलोना खेलमा दुईपटक पछि परेपनि यमलले दुई गोल गरेपछि घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको ग्रानडासँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । बार्सिलोनाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु […]

February 12, 2024

म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

एजेन्सी – आईतबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले जित दर्ता गरेको छ । एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो । खेलको १७औं मिनेटमा रास्मस होईलन्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नर किकमा ह्यारी मग्वायरको हेडर पश्चात उनले सिक्स यार्ड बक्सबाट गोल […]

Success

Thank you for your time.