default_image

फुटबल

February 15, 2024

पिएसजीको जितमा एमबाप्पेको गोल

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । बुधबार अन्तिम १६ को पहिलो लेगमा पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–० गोलले पराजित गरेको हो । पिएसजीलाई घरेलु मैदानमा जित दिलाउन केलियन एमबाप्पे र ब्राचली बार्कोलाले गोल गरेका थिए। एमबाप्पेले ५८ औं मिनेटमा र बार्कोलाले ७० औं मिनेटमा गोल […]

February 15, 2024

बायर्न म्युनिख पराजित

एजेन्सी – बायर्न म्युनिखमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार भएको खेलमा इटालियन क्लब लाजियोसँग बायर्न १-० ले पराजित गरेको हो । किरो इमोबिलेले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। बायर्नले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। ६७ औं मिनेटमा डायोट उपामेकानोले रातो कार्डको सामना […]

February 14, 2024

मनकामना सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना सेकेण्डरी स्कुल जोरपाटी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छ । जेम्स स्कुल, धापाखेललाई बुधबार ३–२ ले हराउँदै मनकामना अन्तिम चारमा पुगेको हो । मनकामनाका लागि सुनिल डंगोल, अनिस डंगोल र सनिल मगरले गोल गरे । मनकामनाका विवेक लामिछाने म्यान अफ दी म्याच चुनिए […]

February 14, 2024

आयोजक बागमतीसँग हिमालयन शेर्पा स्तब्ध

हेटौंडा (हाम्रो खेलकुद)- बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक टोलीले विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा बुधबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो । टाइब्रेकरमा बागमतीका लागि एलिस महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल […]

February 14, 2024

रियल म्याड्रिडलाई‌ सफलता

एजेन्सी – ब्राहिम डियाजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा विजयी सुरुवात गरेको छ। अन्तिम १६ को पहिलो लेगमा मंगलबार रियलले जर्मन क्लब आरबी लिपजिङपलाई १–० पराजित गरेको हो ।डियाजले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । जुड बेलिङह्याम घाइते भएपछि डियाजलाई पहिलो रोजाईमा राखिएको थियो। दोस्रो लेग रियलको‌ मैदानमा हुनेछ।

February 14, 2024

म्यानचेस्टर सिटीको‌ जित

एजेन्सी- म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको‌ अन्तिम १६ को पहिलो लेगमा जितेको छ।सिटीले मंगलबार कोपनहेगनलाई ३–१ ले हराउँदै दमदार सुरुवात गरेको छ । साविक विजेता सिटीका लागि केभिन डि ब्रुएने, बर्नान्डो सिल्भा र फिल फोडेनले गोल गरेका थिए । कोपनहेगनका मग्नुस म्याटसनले गोल गरेका थिए। डि ब्रुएनेले १० औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका […]

February 13, 2024

मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मंगलबार दुबै खेल बराबरीमा टुंगिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सानो थिमिस्थित मैदानमा जारी लिगमा दिनको पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेलेका थिए । यस खेलमा वडा नं. ३ का गोलकिपर […]

February 13, 2024

चौथो पाँचथर गोल्डकपमा आर्मीसहित ८ टोलीले भाग लिने

दिपक बोहोरा, पाँचथर अर्को साता सुरु हुने चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । फागुन १२ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागेको मंगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन मार्फत आयोजक पाँचथर क्लबले जानकारी दिएको छ । ४ बर्षपछि प्रतियोगिता हुन लागेको हो । २०७६ को चैतपछि प्रतियोगिता भएको थिएन […]

February 13, 2024

पुलिस स्कुल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीतिपुरको नेपाल एपिएफ स्कुल, सल्लाघारीको सैनिक आवासीय महाविद्यालय, कीर्तिपुरको लेबोरेटरी मावि र साँगा नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । सैनिक महाविद्यालयले बुद्धनगरको काव्या स्कुललाई १४–० ले हरायो । सैनिकका डिग विजय शाही एक्लैले ९ गोल, दिपेश दुम्जानले २ रोहित श्रेष्ठ, समर्पण […]

February 13, 2024

बागमती गोल्डकपमा मछिन्द्रको विजयी सुरुवात

हेटौंडा (हाम्रो खेलकुद) – ए डिभिजन टोली मछिन्द्र क्लबले बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती गाँउपालिका ८ को जनता माविमा मंगलबार भएको उद्घाटन खेलमा मछिन्द्रले सर्लाहीको बागमती युथ क्लबलाई ५–२ ले हराएको छ । मछिन्द्रका लागि हिसुब थपलिया, अभिषेक गुरुङ, क्रिस्टोफर चिजोवा, सौरव लिम्बु र विमल घर्तीमगरले गोल […]

Success

Thank you for your time.