default_image

फुटबल

February 20, 2024

आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको […]

February 20, 2024

पुलिस स्कुललाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस स्कुल साँगाले प्रथम एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । स्कुलको १९औं स्थापना दिवस आयोजित प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सडन डेथमा हराउँदै पुलिस स्कुल उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबर र पेनाल्टी सुटआउटमा ४–४ को बराबरी भएपछि […]

February 20, 2024

नेपालको पहिलो हाफमा तीन गोल

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको मध्यान्तरसम्म नेपालले सिरिया विरुद्ध तीन गोल गर्न सफल भएको छ । नेपालले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारी (साम्बा) ले समान एक एक गोल गरेका हुन् । खेलको सुरुवातदेखि नै नेपाल खेलमा हावी […]

February 20, 2024

नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा सिरिया विरुद्ध खेल्ने नेपाली महिला टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालको कप्तानी नियमित कप्तान गोलकिपर एन्जिल्ला तुम्बापो सुब्बाले नै गर्ने छिन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारीले फरवार्ड लाइन सम्हाल्नेछिन् । […]

February 20, 2024

एमबाप्पे रियल म्याड्रिड जाने पक्का

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र फ्रान्स राष्ट्रिय टोलीका स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिड जाने पक्का भएको छ । स्पेनी संचारमाध्यमका अनुसार रियलले एमबाप्पेसँग आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ । पिएसजीले बिहीबार एउटा विज्ञप्ति निकाली एमबाप्पेले यो सिजन पश्चात क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च […]

February 20, 2024

एन्फाको साधारण सभामा लाने विषय मात्र टुंगियो

ललितपुर (हाम्रो खेलकुद )– अर्को साता हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभामा प्रस्ताव गर्ने विषय मात्र यसपटकको कार्यसमितिको बैठकले टुंगो लगाएको छ । विविधसहित २९ वटा एजेण्डामा छलफल गर्न ४ दिनसम्म बसेको बैठकले ६ वटा मात्र निर्णय गरेर आइतबार टुंगिएको हो । बैठक माघ ३ गते‌ सुरु भएको थियो। गत वर्ष असारमा […]

February 20, 2024

वाफ च्याम्पियनसिपमा नेपाल र सिरिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ । नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय […]

February 19, 2024

राष्ट्रिय टोलीका डिफेन्डर अन्जन अष्ट्रेलिया तर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका डिफेन्डर अन्जन राई पनि घरेलु फुटबल छाडी अष्ट्रेलिया भासिएका फुटबलरको सूचीमा थपिएका छन् । सोमबार अष्ट्रेलियाका लागि प्रस्थान गर्दै उनले घरेलु फुटबललाई हालका लागि बिट मारेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले गत नोभेम्बरमा युएई विरुद्ध विश्वकप छनोटको खेलमा डेब्यु गरेका थिए । नेपाल […]

February 19, 2024

चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता हुने

अर्जुन कार्की, बागलुङ तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु हुने भएको छ । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इंग्लिस बोर्डिङ स्कुलको सहआयोजनामा फागुन १० गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी […]

February 19, 2024

एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली मछिन्द्र फुटबल क्बल छैटौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मकवानपुरको बागमती गाउँपालिका ८ मा जारी प्रतियोगितामाको सोमबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को ए डिभिजन टोली न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र उपाधि नजिक पगेको हो‌। मछिन्द्रको जितमा हिसुब थपलिया र विदेशी खेलाडी स्टेफेन समिरले […]

Success

Thank you for your time.