default_image

फुटबल

March 2, 2024

आर्मी पहिलो पटक पाँचथर गोल्डकप च्याम्पियन

दिपक बोहरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार आयोजक पाँचथर क्लबलाई ४-२ ले हराउँदै ए डिभिजन टोली आर्मीले उपाधि जितेको हो । २०७४ सालमा दशैं फाल्गुनन्द गोल्डकपमा उपविजेता बनेको आर्मी ६ वर्ष पछि विजेता बनेर फर्कदैछ । फिदिम माविको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार […]

March 2, 2024

मछिन्द्रलाई दोस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो । मछिन्द्र टाइब्रेकरमा ५-४ ले विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको […]

March 2, 2024

यु-१६ महिला साफ: नेपाल बंगलादेशसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध हार बेहोरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो । बंगलादेशको जितमा साथी मुन्दाले दुवै गोल पहिलो हाफमा गरिन् । बंगलादेशले खेलको २४औं मिनेटमा खेलमा अग्रता लिएको थियो । सौरभी अकान्दा प्रितीको […]

March 2, 2024

यु-१६ महिला साफ: नेपाल बंगलादेशविरुद्ध भिड्दै 

काठमाडौँ (हाम्रो खेलकुद) – हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपाल पहिलो खेल खेल्दै छ । नेपालले आज बंगलादेश विरुद्ध दिनको ३ बजे खेल्ने छ । घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ । गत वर्ष यु-१५ महिला साफ जितेको नेपाललाई यसपटक […]

March 2, 2024

केपी ओली कपको उपाधि भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघ द्वारा आयोजित दोस्रो संस्करणको केपी ओली कपको फाइनल खेल आज हुँदै छ । साँझ ५ बजे दशरथ रंगशालामा हुने उपाधि भिडन्तमा साविक विजेता मछिन्द्र एफसी र न्यू रोड टिम (एनआरटी) भिड्ने छन् । पहिलो संस्करणको उपाधि उचालेको मछिन्द्र यसपटक पनि उच्च लयमा देखिएको छ । अधिकांस राष्ट्रिय टोलीका […]

March 2, 2024

पिएसजी र मोनाकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा […]

March 2, 2024

तनावपूर्ण खेलमा एसी मिलानको जित

एजेन्सी – तनावपूर्ण बनेको सिरी ‘ए’ को खेलमा एसी मिलानले इटालियन संघर्षपूर्ण जित दर्ता गरेको छ । मिलानले ८ खेलाडीमा सम्मिलित लाजियोलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा खेलको अन्त्यतिर नोआ ओकाफरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा गोल गर्न सफल भएका थिए । कार्डको वर्षा भएको खेलमा रेफ्री मार्काे […]

March 2, 2024

बायर्न बराबरीमा रोकियो

एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्काे बराबरी खेलेको छ । पछि परेको स्थिति उल्ट्याएर जितनजिक पुगेको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली फ्रेइवर्गसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे । बायर्नका म्याथिज टेल र जमल मुसिएलाले […]

March 1, 2024

एन्फाको घोषणा – महिला टोलीका खेलाडीलाई‌ जनही ५१ हजार

काठमाडौं (हाम्रो खेलकुद) – वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ। साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको‌ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् । साउदी जानु अघि नै […]

March 1, 2024

बनेपामा मेयर कप फुटबल सुरु

बनेपा (हाम्रो खेलकुद) – काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को संयोजनमा चौथा मेयर कप फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ ले वडा नम्बर ६ लाई २–१ ले हराएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख र […]

Success

Thank you for your time.