default_image

फुटबल

June 5, 2020

मेस्सी दोस्रो दिन पनि प्रशिक्षणमा सामेल भएनन्

एजेन्सी – कप्तान लियोनल मेस्सीले बार्सिलोनाको समूहगत अभ्यास लगातार दोस्रो दिन शुक्रबार पनि गुमाएका छन् । बिहीबार पनि उनले समूहमा अभ्यास गरेका थिएनन् । अर्जेन्टिनी कप्तानले लगातार जिममा समय बिताइरहेका छन् । उनलाई समान्य चोट लागेको बताइएको छ । बार्सिलोनाले पहिलो औपचारिक विज्ञपती जारी गर्दै सेल्फ आइसोसेलनका क्रममा सामान्य चोट लागेको जनाएको छ । अनाश्वयक […]

June 5, 2020

एन्फाका ४ जिल्ला अध्यक्षको राखेपमा ज्ञापन

काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही माग सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई ज्ञापन पत्र बुझाएका छन् । एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष […]

June 5, 2020

खेलकुद मन्त्री विश्वकर्मामाथि सांसद यादवको गम्भिर आरोप

प्रकाश तिमल्सिना,काठमाडौं सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङको विवादस्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामाथि गम्भिर आरोप लगाएका छन् । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ शुक्रबार संसदमा उनको उनको आरोप […]

June 5, 2020

एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्न संसदमा माग

प्रकाश तिमल्सिना,काठमाडौं सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई अविलम्बन निलम्बन गर्न माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै समाजवादी पार्टीका सांसद यादवले मेधेसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् । यसै […]

June 5, 2020

फुटबलमै भर परेकालाई एन्फाको राहत

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण मारमा परेका फुटबलसँग समबन्धित संस्था र व्यक्तिलाई राहत प्रदान गर्न झन्डै १ करोड रुपैयाँ भन्दा बढीको बजेट तयार पारेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधर कोरोना संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिले फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, […]

June 5, 2020

समर्थकको ढुंगा प्रहारले बेन्फिकाका खेलाडी अस्पतालमा

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाका दुई खेलाडी समर्थकले मैदानबाहिर रहेर टिम बसमा ढुंगा प्रहार गरेपछि घाइते भएर अस्पतालमा भर्ती भएका छन् । कोरोना भाइरस संक्रमणका कारण स्थगित लिग सुचारु भएपछिको पहिलो खेलमा बेन्फिका तोन्देलासँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बेन्फिकाले अंक तालिकाको शीर्षस्थानमा अग्रता बनाउनबाट चुकेको […]

raul real

June 5, 2020

साल्केले राउलको सहयोग लिने

एजेन्सी – क्लबमा रहेको समस्या समाधानका लागि साल्केले टोलीका पूर्व फरवार्ड राउल गोन्जालेजलाई बोलाउने भएको छ । क्लबलाई समस्याबाट बाहिर निस्कनका लागि उनको सल्लाह लिन लागेको बताएको छ । यद्दपी अहिले सम्म राउललाई कुनै औपचारिक प्रस्ताव भने गइ नसकेको बताइएको छ । साल्के पछिल्लो समय लिगमा खराब लयबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण स्थगित […]

June 5, 2020

कास्कीमा ट्रेनिङ सेन्टरका लागि १७ करोड विनियोजन

विजय नेपाली, पोखरा आगामी आर्थिक वर्षबाट सुरु हुने परियोजना पुरा भएमा भौतिक पूर्वाधारका हिसाबले नेपाली फुटबलका लागि अर्को एउटा महत्वपूर्ण कदम हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, धरान र बुटवलमा तीन वटा एकेडेमी सञ्चालन गरिरहेको एन्फाले माछापुच्छ्रे गाउँपालिकामा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पोखरा बाट १७ किलोमिटर उत्तरतर्फ रहेको माछापुच्छ्रे […]

June 5, 2020

जर्मन स्टार वेर्नर चेल्सीमा आउने

एजेन्सी – जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने भएका छन् । चेल्सीले वेर्नरलाई ५ वर्ष सम्झौतासहित ५२ मिलियन पाउन्डको अनुबन्ध प्रस्ताव गरेको छ ।  अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछन् । लिभरपुलले वेर्नरको रिलिज क्लजको मुल्य तिर्न असहमत […]

June 4, 2020

कोस्टालाई ६ महिनाको जेल सजाय सुनाइयो

एजेन्सी – कर छलीको आरोपमा दोषी पाइएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिवाना सुनाएको छ ।  कर छलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिवाना जरिवाना सुनाएको हो । कोस्टाले […]

Success

Thank you for your time.