June 13, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो […]
June 12, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई एकसाथ खेलाउने कठिन भएको बताएका छन् । रोनाल्डो गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय १२ मिलियन युरोमा इटाली आएका थिए । रोनाल्डोको आगमनसँगै डिबालाको प्रदर्शनमा पनि गिरावट आएको थियो । सन् २०१७-१८ सिजनमा २६ गोल गरेका […]
June 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ लाई न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ८२ औं दिन भइसकेको छ । लकडाउन चलिरहँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ नयाँ घटना भइरहेका छन् । एउटा विषय सेलाउन नपाउँदै एन्फामा अर्को विषयले प्रवेश पाउन थालेको छ । तराई तिर राष्ट्रियता अलि कम रहेको भन्ने अभिव्यक्ति कारण एन्फा […]
June 12, 2020
एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन् । युरोपमा कोरोना संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन् । यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल गराइने छ […]
June 12, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को कारण युरोपको सबैभन्दा प्रभावित देश इटलीमा शुक्रबारदेखि फुटबलका गतिविधि फर्कदैछ । इटलीमा ९ मार्चबाट फुटबल अवरुद्ध छ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले झन्डै तीन महिनादेखि रोकिएको फुटबल गतिविधि शुक्रबारदेखि चलायमान बनाउन लागेको हो । एफआइजीसीले सिरी ‘ए’ सुरु गर्नुअघि कोपा इटालिया सकाउने योजना बनाएको छ । १७ जुनमा […]
June 12, 2020
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका पूर्व कप्तान तथा गोलरक्षक इकर कासिलासले स्पेनिस फुटबल महासंघ (आरएफइएफ) को अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन् । स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व गोलरक्षक रहेका कासिलासले यसअघि आरएफइएफको अध्यक्ष पदमा उठ्ने घोषणा गरेका थिए । उनले वर्तमान अध्यक्ष लुइस रुविएल्सको विरुद्धमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका थिए । रुविएल्स […]
June 12, 2020
एजेन्सी – हल्यान्डका डिफेन्डर भर्जिल भान डाइक इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । भान डाइकले लिभरपुलमा थप पाँच वर्षे सम्झौता नवीकरण गर्नेछन् । यससँगै भान डाइक २०२५ को सिजनसम्म लिभरपुलमै रहनेछन् । लिभरपुलले भान डाइकसँगको सम्झौता नवीकरणको विषयलाई अर्काे महिना सार्वजनिक गर्ने बताइएको छ । नयाँ सम्झौतासँगै भान डाइक लिभरपुलका सबैभन्दा […]
June 12, 2020
एजेन्सी – कोरोना महामारीपछि शुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो । घरेलु मैदान रामोन सान्चेज पिज्जुवान स्टेडियममा सेभियाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको १०औं […]
June 11, 2020
एजेन्सी – कोरोना कहरका कारण गएको मार्च दोस्रो सातादेखि स्थगित स्पेनिस ला लिगा आज रातिबाट पुनः सुचारु हुँदैछ । ला लिगाको तीन महिनापछिको पहिलो खेलमा सेभिया रियल बेटिसबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेपछि शुरु हुनेछ । खेल सेभियाको मैदानमा हुनेछ । रियल बेटिस त्यही टोली हो जसले उपाधि होडमा रहेको रियल […]
June 11, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पछिल्लो तीन महिना खेलकुदको कुनै गतिविधि नहुदा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गर्ने वरियता यथावत रहेको छ । फिफाको नियमअनुसार मार्च र जुनमा अन्तर्राष्ट्रिय खेल हुने तालिका पर्दछ । तर, कोरोनाका कारण सम्पूर्ण खेलहरु रद्द भएपछि वरीयता पनि स्थिर नै हुन पुगेको हो । नेपालले […]