March 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आफ्ना पदाधिकारी र अन्यलाई विना जिम्मेवारी वैदेशिक यात्रामा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को मनलाग्दी निर्णयलाई रोक्ने जिम्मेवारी अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्व समक्ष पुगेको छ । फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोटका लागि बहराइन पठाउन स्वीकृतिका लागि एन्फाले बिहीबार राष्ट्रिय फुटबल टोलीसहित ४१ जनाको सुची […]
March 15, 2024
एजेन्सी – इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहीबार दोस्रो लेगमा स्पर्टा प्रागलाई ६-१ ले हराउँदै लिभरपुल समग्रमा ११-२ को अग्रतासहित अन्तिम ८ पुगेको हो । पहिलो लेगमा लिभरपुल ५-१ ले विजयी भएको थियो। दोस्रो लेगमा लिभरपुलको जितमा कोडी गोक्पाले २, डार्विन नुनेज, क्लार्क, सलाह र सोबोस्जाईले समान १ गोल गरे। प्रागका […]
March 14, 2024
अर्जुन कार्की, बागलुङ बागलुङ सुधार केन्द्र र श्रीमेहर गण दोस्रो अर्ना जेसीज कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाइनलमा बागलुङ सुधारले वरदान निउरेको निर्णायक गोलमा रुद्रेपिपल युवा क्लबलाई २–१ ले हराउँदै फाइनलमा पुगेको छ । विदेशी खेलाडी साम्बो ओस्कारले ४७ औं मिनेटमा बागलुङ सुधारका लागि गोल गरे । आशिष केसीकौ […]
March 14, 2024
सुशिल पन्त क्षेत्री, चितवन पेनाल्टी सुटआउटमा गोलकिपर किशोर कोइराला नायक बनेपछि घैरुङ एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ लाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै घैरुङ अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा घैरुङका गोलकिपर किशोरले भरतपुर २४ का दुई खेलाडीको प्रहार असफल बनाएका […]
March 14, 2024
एजेन्सी – इटालियन टोली इन्टर मिलानलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै एट्लेटिको म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । इन्टरलाई टाइब्रेकरमा ३-१ पराजित गर्दै एट्लेटिको म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो । दोस्रो लेग २-१ र समग्रमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि कुनै गोलनभएपछि खेल पेनाल्टी […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ । शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । नेपालबाट विहान १२:४० […]
March 14, 2024
सन्जोग चाम्लिङ राई सानो प्रसंग स्व. डम्बरसिं गुरुङको । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो […]
March 14, 2024
एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो। घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए। खेलको तेस्रो […]
March 13, 2024
अर्जुन कार्की, बागलुङ दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले बुधबार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बागलुङ सुधार केन्द्र र श्रीमेहर गण यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी […]
March 13, 2024
हिमाल खरेल, बिर्तामोड नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ सदस्यमा झापाका मात्र ७ खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दै राष्ट्रिय टोलीको मंगलबार घोषणा गर्दा झापाका ७ खेलाडी टोलीमा परेका हुन् । टोलीमा परेका झापाका ७ मध्ये ४ खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका […]