February 27, 2024
दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लब चौथो पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतीय क्लब हिल्स फुटबल एकेडेमीलाई मंगलबार १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जित सँगै प्रतियोगितमा सेमिफाइनल समीकरण पूरा भएको छ । पाँचथर क्लब, झापा ११, बागमती युथ क्लब यस अघिनै अन्तिम चारमा पुगेका छन् । आर्मीले […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लब माथि ४-० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक गोल भने आत्मघाती गोल रहेको थियो […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी एफसी माथि जित हात पार्दै जावलाखेल युथ क्लब जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले केपी एफसीलाई २-१ ले पराजित गरेको हो । जावलाखेलका लागि निराजन धामी र निरज चौधरीले १-१ गोल गरेका हुन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो केपी ओली कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल प्रवेशका लागि २ खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११:३० बजे हुने पहिलो खेलमा आयोजक केपी ओली एफसी र जावलाखेल युथ क्लब भिड्ने छन् । केपी ओली एफसीले उद्दघाटन खेलमा चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित निकाल्दै जावलाखेल विरुद्धको भेट […]
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आज लेवनानको सामना गर्दैछ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । […]
February 26, 2024
काठममाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको माथिल्लो स्तरको सहिद स्मारक ए डिभिजन लिग अर्को वर्ष मात्र आयोजना हुने भएको छ । यो वर्ष बी र सी डिभिजन आयोजना गर्न असफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको साधारण सभाले अर्को वर्षको क्यालेन्डर पारित गरेको प्रवक्ता सरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । एन्फाले […]
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर दशरथ रंगशालाको मैदान अन्तराष्ट्रिय खेलका लागि उपयुक्त नहुने देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल हुनेमा शंका बढेको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल […]
February 26, 2024
दिपक बोहोरा, पाँचथर सर्लाहीको बागमती युथ क्लब चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा पथरी ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बागमतीका निर्मल बल, देवा गुरुङ, अनिष […]
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चार नेपाली युवा खेलाडी उतारेको आई-लिग टोली दिल्ली एफसीलाई पराजित गर्दै अर्को भारतीय टोली मानेभञ्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबारको खेलमा मानेभञ्ज्याङले ३-१ को पुनरागमन जित दर्ता हो । सुरुवाती समयमा खेलमा पकड भएपनि खेल अगाडि बढेसँगै पकड गुमाएपछि दिल्ली पराजित भयो । […]
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा प्रस्तुत विषयसूचीमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी र सदस्यहरुले सभा बहिष्कार गरेका छन्। साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ गते देखि ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको स्मरण गर्दै उनीहरुले विभिन्न बिषयमा घनिभुत छलफल भएको तर बहुमत सदस्यहरुको निर्णयमा […]