default_image

नेपाल सुपर लिग

April 19, 2021

विना दर्शक खेल आयोजना गर्न पाइने, एनएसएल नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले रंगशालामा विना दर्शक खेल आयोजना गर्न सकिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय समेत रहेको छ । त्यस्तै वैशाख मसान्त सम्म रंगशालालगायत भिडभाड हुने क्षेत्र रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना बन्द […]

April 17, 2021

समर्थकका माँझमा पोखरा थन्डर्सका खेलाडी

पोखरा (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिबार भेटघाट कार्यक्रम गरेको छ । पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनीहरुसंग समय बिताएका हुन् । पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण पश्चात् भेटघाटका साथै सबै टोलीका खेलाडीले समर्थकसँग फोटो समेत खिचाए । […]

April 15, 2021

गोलरक्षक किरण धनगढीमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् । ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको छ । धनगढीले राष्ट्रिय टोलीका […]

April 12, 2021

चितवनका व्यवस्थापक अधिकारीले सम्पूर्ण पारिश्रमिक खेलाडीलाई सहयोग गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत फुटबल क्लब चितवनले व्यवस्थापकमा रुपेश अधिकारीलाई नियुक्त गरेको छ । एन्फाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले टोलीको जिम्मेवारी सम्हालेको क्लबले जनाएको छ । व्यवस्थापक अधिकारीले आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय […]

April 12, 2021

खुकुरी एनएसएल – उद्घाटन खेल काठमाडौं र ललितपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल स्पोर्टस एण्ड एभेन्ट्स म्यानेजमेन्टनको आयोजनामा ७ टोलीको सहभागितामा वैशाख ११ गते दशरथ रंगशालामा एनएसएल सुरु हुँदैछ । सहभागी टोलीहरुले तयारीलाई तीब्रता दिइरहँदा सोमबार खेल तालिका सार्वजनिक भएको हो […]

April 11, 2021

क्रोएसियाका फरवार्डले नेपाल सुपर लिग खेल्ने

एजेन्सी – वैशाख दोस्रो सातादेखि काठमाडौंमा सुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउन क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिच नेपाल आइपुगेका छन् । भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटी फुटबल क्लबले पोसिन्कोभिचलाई सुपर लिग अवधिका लागि अनुबन्ध गरेको हो । क्लबले मार्की खेलाडीका रुपमा अन्जन विष्टसँगै अक्सनमा १४ खेलाडी यसअघि नै अनुबन्ध गरेको थियो […]

April 8, 2021

एनएसएल अब खुकुरी एनएसएल

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) ले नेपाल डिस्टिलरिज प्रा लिगको खुकुरीलाई मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरी र खुकुरीकी इभेन्ट म्यानेजर श्रीधा शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । वैशाख ११ गते देखि जेठ १ गते सम्म दशरथ रंगशालमा […]

March 31, 2021

पोखरा थन्डर्स – प्रशिक्षण टोलीमा डंगोल र शाही आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना फेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यहरुलाई गोलकिपर र सहायक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय टोलीका पूर्व गोलकिपर विनोद डंगोललाई टोलीले गोलकिपर प्रशिक्षक र अर्का सदस्य राजेश शाहीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । पोखरा थन्डर्सले यसअघि नै त्रिभुवन आर्मी […]

March 30, 2021

एनएसएलका लागि राष्ट्रिय टोलीका खेलाडी रिलिज

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल च्याम्पियन टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघले अर्को महिना सुरु हुने फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) का लागि छाड्ने भएको छ । ‘एन्फाको निर्णय अनुसार आजबाट जान चाहने खेलाडी जान सक्छन्’, एन्फाका केन्द्रिय सदस्य समेत रहेका राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने,’एनएसएलका लागि खेलाडी रिलिज […]

March 26, 2021

शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राजु काजी शाक्यले फुटबल जीवनमा दुई वटा भूमिका निर्वाह गरे । झन्डै ४ दशकको फुटबल यात्रामा आधा जति खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा सक्रिय रहे । तर, यसपटक अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) मा फरक भूमिकामा देखा पर्ने भएका छन् । फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले […]

Success

Thank you for your time.