default_image

नेपाल सुपर लिग

April 24, 2021

एनएसएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल आजबाट सुरु हुँदैछ । एनएसएलको उद्घाटन खेलमा आज (शनिबार) काठमाडौं रेजर्स र ललितिपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ । दुवै टिम जित निकाल्दै प्रतियोगिताको […]

April 24, 2021

एनएसएल : घरेलु फुटबलमा एउटा नयाँ प्रयोग

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलका लागि शनिबार एउटा परिक्षणको सुरुवात हुँदैछ । क्रिकेटमा फ्रेन्चाईजको केहि वर्षको अनुभव बटुलेको नेपालले पहिलो पटक फुटबलमा पनि फ्रेन्चाईज लिगको अभ्यास सुरु गर्दैछ । पछिल्लो केहि सातालाई हेर्ने हो भने पहिलो पटक सुरु हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को आयोजक र सहभागी ७ टोलीसँग आबद्द १ […]

April 23, 2021

एनएलएल- सहभागी ७ टोलीका प्रशिक्षकको आशा

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना महामारीको दोस्रो लहरको असर देखिन थालेपछि घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) हुने नहुनेमा शंका थियो । सरकारले रंगशालामा दर्शकसहितको खेल आयोजना गर्न नपाईने निर्णय गर्यो । त्यसको अर्थ विना दर्शक खेल आयोजनाका लागि बाटो खेलेपछि शनिबारबाट एनएसएल सुरु हुँदैछ । ७ टोलीको सहभागितामा सुरु हुने […]

April 23, 2021

एनएसएल विजेतालाई ३५ लाख

काठमाडौं (हाम्रो खेलकुद)– खुकुरी नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउने भएको छ । एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, […]

April 23, 2021

धनगढी एफसीलाई सगरमाथा र एस–आयल सेभेनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुन एक दिन अघि शुक्रबार धनगढी एफसीको एकै साथ दुई सह–प्रायोजक जोडिएका छन् । त्यसमा सगरमाथा सिमेन्ट र एस–आयल सेभेन छन् । सगरमाथा सिमेन्ट र एस–आयल सेभनसँग शुक्रबार सह प्रायोजकका रुपमा सम्झौता भएको विज्ञप्ती जारी गर्दै धनगढीले जानकारी दिएको छ । सम्झौता पत्रमा धनगढी एफसीका […]

April 22, 2021

सेगुनले ललितपुर सिटीबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको टोली ललितपुर सिटीले नाइजेरियन खेलाडी पिटर सेगुनलाई भित्राएको छ । लामो समयदेखि नेपालको लिगमा सक्रिय रहेका सेगुनले गत सिजन सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध थिए । ललितपुरले यसअघि क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरवैजानका नुलनी जाहिद नोभ्रुजोभलाई आबद्ध गरिसकेको छ । […]

April 21, 2021

नर्भिक एनएसएलको मेडिकल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)– देशको पहिलो फ्रेन्चाईग लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा नर्भिक इन्टरनेसनल हस्पिटल अफिसियल मेडिकल पार्टनरका रुपमा आबद्ध भएको छ । एनएलएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच एनएलएलको अफिसियल मेडिकल पार्टनर सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड […]

April 20, 2021

एनएसएलमा निभियाको बल खेलाइने

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा निभियाको बल प्रयोग हुने भएको छ । एनएसएलमा आधिकारिक बल पार्टनरका रुपमामा निभिया प्रयोग हुने मंगलबार एनएलएलको आयोजना नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शनिबार देखि […]

April 19, 2021

विराजका लागि एनएसएलको ढोका खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनका लागि देशकै पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने ढोका खुलेको छ । गत महिना भएको अक्सनमा विक्री नभएका विराजले बुटवल लुम्बिनी एफसीबाट शनिबार सुरु हुने एनएसएल खेल्ने पक्का भएको छ । अक्सनबाट बुटवलमा आबद्ध भएका रक्षक सुरज विकलाई चोट लागेपछि उनको ठाँउमा विराजले […]

April 19, 2021

विना दर्शक खेल आयोजना गर्न पाइने, एनएसएल नरोकिने !

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले रंगशालामा विना दर्शक खेल आयोजना गर्न सकिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय समेत रहेको छ । त्यस्तै वैशाख मसान्त सम्म रंगशालालगायत भिडभाड हुने क्षेत्र रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना बन्द […]

Success

Thank you for your time.