default_image

नेपाल सुपर लिग

December 28, 2023

एनएसएलको फाइनल पुग्नका लागि पोखरा र ललितपुर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज (बिहीबार) हुँदैछ । धनगढी एफसीसँग हुने फाइनलका लागि आज दोस्रो क्वालिफायरका लागि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुने छ । फाइनल पुग्ने अन्तिम मौका लागि सदुपयोग गर्न दुबै […]

December 27, 2023

एनएसएलको पुरस्कार रकममा दोब्बर वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को विजेताको पुरस्कार राशी विगतको भन्दा दोब्बर हुने भएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको छ । एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रवन्ध निर्देशक श्रेयंश कार्कीले फाइनलको तीन […]

December 27, 2023

एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । साविक विजेता काठमाडौं रेजर्स एलिमिनेटर बाट बाहिरिएसँगै एनएसएलमा यसपटक नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको हो । दशरथ रंगशालामा जारी एनएसएसलमा ललितपुर सिटी एफसी विरुद्ध मंगलबार ३–० ले पराजित भए सँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको हो […]

December 26, 2023

काठमाडौंलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै मंगलबार ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले हराएको हो ।ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् । योसँगै ललितपुरले काठमाडौंसँग हारको सिलसिलालाई अन्त्य गरेको छ […]

December 26, 2023

काठमाडौं विरुद्ध ललितपुरलाई २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग(एनएसएल ) प्लेअफ इलिमिनेटर जारी खेलमा ललितपुर सिटी एफसीले मध्यान्तर सम्म काठमाडौं रेजर्स विरुद्ध २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक गोल गरेका हुन् । खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु […]

December 26, 2023

एनएसएलको एलिमिनेटरमा काठमाडौं र ललितपुर खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को उपाधि होडको‌ सम्भावनालाई जीवित राख्न ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच आज (मंगलबार) प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।ललितपुर अंक तालिकाको तेस्रो र साविक विजेता काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको थियो । पहिलो चरणको अन्तिम खेलमा ललितपुरलाई नै १-० ले हराएर […]

December 25, 2023

धनगढी लगातार एनएसएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सलाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा‌ पुगेको छ । निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो । धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो […]

December 25, 2023

पोखरा र धनगढीको‌ खेल पेनाल्टीमा गयो

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ । लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ […]

December 25, 2023

पहिलो क्वालिफायर अतिरिक्त समयमा लम्बियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा पोखरा थन्डर्स र धनगढी एफसी बीच सोमबार जारी पहिलो क्वालिफायर खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको छ । पहिलो हाफमा पोखराले खेलमा आफ्नो पकड बनाउँदै खेलमा अग्रता लिएको थियो […]

December 25, 2023

आयुषको गोलमा पोखरा अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग( एनएसएल) को क्वालिफायरमा सोमबार पोखरा थन्डर्सले धनगढी एफसी विरुद्ध मध्यन्तरसम्म १-० को अग्रता बनाएको छ । मार्की खेलाडी आयुष घलानको गोलमा पोखराले अग्रता लिएको हो । खेलको सुरुवाती समयदेखि नै पोखराले खेलमा आक्रमण बुनिरहेको थियो । सुरुवातमै अग्रता पनि लियो । तर पहिलो हाफको मध्यान्तारसम्म पुग्दा […]

Success

Thank you for your time.