default_image

नेपाल सुपर लिग

March 2, 2022

विशाल पुन: धनगढीको मार्की खेलाडीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । साविक उपविजेता धनगढीले बुधबार दोस्रो संस्करणको एनएसएलको लागि विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको जनाएको छ । क्लबले सामाजिक संजालमार्फत विशाललाई अनुबन्ध गरेको जानकारी दिएको हो । एनएसएल चैत […]

March 1, 2022

एनएसएल अक्सनका लागि खेलाडी सुची सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणका लागि खेलाडीको वर्गीकरण सहितको अक्सन सुची सार्वजनिक गरेको छ । एनएसएलले सार्वजनिक रहेको सुचिमा रहेका २ सय ४२ खेलाडीलाई दर्ता गर्न आव्हान गर्दै आज वर्गीकरण सार्वजनिक गरेको हो । यसै साता ए डिभिजनका ८ क्लबले सम्झौतामा रहेका खेलाडीलाई अन्य क्लबमा आबद्ध नहुन अनुरोध गर्दै […]

February 27, 2022

अन्जन झापा एफसीको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । आइतबार एक कार्यक्रममाझ झापा एफसीले यस सिजनका लागि अन्जनलाई अनुबन्ध गरेको हो । झापाले एनएसएलको गत सिजन मार्की खेलाडीले प्राप्त गरेको भन्दा बढी रकममा अनुबन्ध गरेको जानकारी दियो […]

February 13, 2022

एनएसएलमा ३ टोली थपिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । यो सँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख–जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ […]

January 27, 2022

राष्ट्रिय टोलीको योजनामा असर गर्ने एनएसएलबारे एन्फा अनभिज्ञ

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केपछि राष्ट्रिय टोलीको अबको योजना एसियन कप छनोटमा तेस्रो स्थान हासिल गर्ने बताएका थिए । तीन महिनाअघि आफ्नो सम्झौता नविकरण घोषणा कार्यक्रममा अलमुताइरीले राष्ट्रिय टोली प्रशिक्षणको विस्तृत योजना समेत पेश गरेका थिए । अलमुताइरीले जुन २०२६ मा हुने एसियन कप छनोटको तेस्रो […]

January 26, 2022

एनएसएल तीन टोली थप्दै चैतमा आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा १० टोलीको सहभागिता हुने भएको छ । एनएसएलको आयोजक एनएसइएमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएसएलको दोस्रो संस्करण चैत २६, २०७८ देखि जेठ ७, २०७९ सम्म आयोजना हुने जनाएको छ । आयोजकले पछिल्लो संस्करणको ७ […]

August 27, 2021

विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् । दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी […]

June 25, 2021

सावित्रा लगायतलाई अधिकारीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एन्फाका केन्द्रीय सदस्य रुपेश अधिकारीले जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका थिए । अधिकारीले जिम्मेवारी सम्हाल्ने क्रममा नै आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम चोटग्रस्त ३ महिला खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका थिए । चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय टोलीका फरवार्ड सावित्रा […]

June 19, 2021

विराटनगर सिटी एफसी र पारोबीच सहकार्य हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी एफसी र भुटानको पारो फुटबल क्लबबीच प्राविधिकलगायत अन्य विषयमा सहकार्य गर्ने गरि सम्झौता भएको छ । विराटनगरका प्रमुख कार्यकारी अधिकृत सुभाषिश कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार दुई क्लबबीच फुटबल विकासका लागि प्राविधिकलगायत अन्य सहकार्य […]

June 9, 2021

काठमाडौं रेजर्स र एनएसएलमा सफल यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको महिना दिन पुग्न लागेको छ । दशरथ रंगशालामा जेठ १ गते भएको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं पहिलो संस्करणको च्याम्पियन बनेको थियो । यसरी भएको थियो काठमाडौं रेजर्स स्थापना व्यवसायिक फुटबलको विकासका लागि एनएसएलले थालेको प्रयासमा मोरङ […]

Success

Thank you for your time.