September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि ललितपुर सिटी एफसीले मार्की प्लेयरको रुपमा भित्राएको छ । ललितपुर सिटी एफसीले सामाजिक सञ्जालमार्फत अनन्तलाई अनुबन्धको घोषणा गरेको हो । ए डिभिजन लिगको पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडबाट लिग च्याम्पियन बनेका अनन्त राष्ट्रिय टोलीका नियमित डिफेन्डर हुन् । उनले […]
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका स्टार मिडफिल्डर अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा झापा एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । झापाले एनएसएलको दोस्रो संस्करणको मिती सर्नु अघि पनि अञ्जनलाई नै मार्की खेलाडी भएको सार्वजनिक गरेको थियो । अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीको मार्की खेलाडी हुनुका साथै कप्तान थिए […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । गेम वान प्राली अन्तर्गत रहेको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशालबीच मंगलबार आबद्धता पत्रमा हस्ताक्षर गरेको क्लबले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। छन् । एनएसएलको दोस्रो संस्करण मंसिर ८ […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्ट दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । लुम्बिनीले एरिकसँग मार्की खेलाडीको रुपमा सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्रिय फुटबल टोलीमा उनले विभिन्न भूमिका सफलता पूर्वक निर्वाह सम्पन्न गरि सकेका छन् । २३ वर्षीय युवा […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्सनमा आफ्नो नाम राखिएपछि नेपाल राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले असन्तुष्टि व्यक्त गरेका छन् । रोहितले फेसबुक पेज मार्फत एनएसएल आयोजकहरुले खेलाडीहरूको सूचि प्रकाशन गर्नुअघि आवश्यक गृहकार्य नगरेको बताएका हुन् । केहि दिनयता सामाजिक संजालमा एनएसएलले सार्वजनिक गरेको भन्दै खेलाडीको श्रेणी विभाजन […]
August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण मङ्सिर ८ देखि पौष २१ सम्म आयोजना हुँदैछ । पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । एनएसएलले दोस्रो संस्करणकाे यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन गर्ने पक्का भएको छ । असोज १९ गते नयाँ टोली […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गरिदिन ध्यानाकर्षण गराएकी छिन् । कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष चौधरीले बताइन् । उक्त अवसरमा उनले […]
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुने नहुने अझै टुंगो भने लागिसकेको छैन । एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएको छ । यसै साता पनि टुंगो लाग्न नसके एनएसएल आयोजना गर्न कठीन हुने आयोजक नेपाल […]
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशै लगत्तै नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि मिति दिने तयारी गरिएको छ । एन्फाको निर्वाचनसँगै अन्यौलमा परेको एनएसएलको दोस्रो संस्करण सञ्चालनका लागि एन्फाले असोज २३ देखि मंसिर २ गते सम्मको मिति तोकेको छ । एन्फाको मिति अनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ । सातदोबाटोस्थित […]
August 7, 2022
सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा […]