October 7, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफ.सी.ले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको हो । खड्का र नीराजन रायमाझीले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गरेका छन् […]
October 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली हो । धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार पवी यो सिजनको […]
October 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरे नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा एफसीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत घिमिरेलाई झापाको सहायक प्रशिक्षकमा घोषणा गरिएको हो यद्यपि झापाले मुख्य प्रशिक्षक भने नियुक्त गरिसकेको छैन। सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा घिमिरे पुलिसको मुख्य […]
October 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]
October 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु […]
October 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनबाट १ सय २० खेलाडीको क्लब टुंगो लागेको छ। अक्सनमा ए, बि र सी श्रेणीमा विभाजित गरि १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए। त्यसमध्ये ५८ खेलाडी भने विक्री भएनन्। ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार र अधिकतम ३ […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई स्पोर्टिङ्ग मेची डे इलामले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच भारत इलाममा अनुबन्धित भएका हुन् ।बि ग्रेडमा रहेका भरतको न्यूनतम मूल्य १ लाख रहेको थियो । उनलाई किन्न इलाम र पोखराबीच प्रतिस्पर्धा भएको थियो । […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपको उपाधिका लागि आज साँझ भारत र पाकिस्तान भिड्दै छन् । दशरथ रंगशालामा खेल नेपाली समय अनुसार ५ः३० बजे सुरु हुनेछ । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका […]
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठलाई जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन् । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगलाई एनएसएलका ९ टोलीमध्ये कुनै पनि किन्न चाहेनन् । एनएसको पहिलो संस्करणमा उनी पोखरा थन्डर्समा आबद्ध थिए । ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख […]