May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) –जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो । १९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। पहिलो पटक […]
May 21, 2018
म्याड्रिड (एजेन्सी) – २०१० को विश्वकप विजेता स्पेनले आफ्नो २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । तर सो टोलीमा केही अनुभवी र नियमित नामहरु परेका छैनन् । चेल्सीका सेस्क फ्याब्रिग्यास र एल्भारो मोराटा स्पेनको विश्वकप टोलीमा पर्न असफल भएका हुन् । आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । आर्सनलका अर्का डिफेन्डर नाचो मोनरियाल र […]
May 21, 2018
ब्रसेल्स (एजेन्सी) – फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आज विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बेल्जियमको टोलीमा इंग्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् जसमा कप्तान तथा चेल्सीका एडेन हाजार्ड पनि पर्दछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना सबै अनुभवी तथा नियमित खेलाडीहरुलाई राखे पनि रोमाका राड्जा […]
May 17, 2018
लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ […]
May 16, 2018
लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । २३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए । इंग्ल्यान्डले जुन […]
May 16, 2018
रियाद (एजेन्सी) – विश्वकपमा जोडिएका फिफा रेफ्री फाहद अल मिर्दासी फिक्सिङको प्रस्ताव स्वीकारेको आरोपमा प्रतिबन्धित भएका छन्। रुस विश्वकपअघि साउदी अरबियामा भएको अल इतिहाद र अल फालासीबीच किंग्स कप फाइनलमा फिक्सिङको प्रस्ताव स्वीकारेको खुलासा भएपछि उनलाई साउदी फुटबल संघ(साफ)ले आजीवन प्रतिबन्ध लगाएको छ। साफले फिफा समक्ष उनालाई विश्व कपबाट पनि हटाउन माग गरेपछि फिफाले अनुसन्धानका लागि थप […]
May 16, 2018
लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार […]
May 16, 2018
लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्। जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर […]
May 15, 2018
म्युनिख (एजेन्सी) – विश्वकप साविक विजेता जर्मनीले रुस विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले २७ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेका छन् । विश्वकपको अन्तिम २३ खेलाडीको सुची भने जुन ४ मा घोषणा गर्ने लोले बताए । त्यस्तै प्रशिक्षक लोले जर्मनी फुटबल टोलीसँग आफ्नो सम्झौता २०२२ को कतार विश्वकपसम्म विस्तार गरेको […]
May 15, 2018
ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् । त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा […]