default_image

फिफा विश्वकप

July 6, 2018

विश्वकपमा दुई क्वार्टरफाइनल खेल आज, ब्राजिल र बेल्जियम भिड्दै

मस्को (एजेन्सी)– रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो  क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ । समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर […]

July 5, 2018

स्वदेशमा जापानिज टोलीको भव्य स्वागत

टोकियो (एजेन्सी)– विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको जापानिज फुटबल टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सयौं समर्थक टोलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । जापान २–० ले अग्रता लिएको बेल्जियमसँगको प्रिक्वार्टरफाइनल अन्तमा ३–२ ले गुमाएको थियो । इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम अन्तिम आठमा प्रवेश गर्दा जापान भने विश्व कपबाट बाहिरिएको थियो । यस पटकको […]

July 5, 2018

विश्वकपका ३ उत्कृष्ट युवा खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरुको कमि रहेको छैन न त युवा प्रतिभाहरुको । यस विश्वकपमा उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु यी रहेका छन्: ३. हिर्भिङ लोजानो मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो […]

July 5, 2018

क्वाटरफाइनल खेलहरु: कहिले र कति बेला ?

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् । क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ : पहिलो क्वाटरफाइनल उरुग्वे विरुद्ध फ्रान्स मिति: जुलाई ६ समय: ७.४५ बजे दोस्रो क्वाटरफाइनल बेल्जियम […]

July 4, 2018

‘नेयमारले की रुवाछन्, की हसाउँछन्’- म्यारोडोना

मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् । अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार […]

July 4, 2018

विश्वकप २०१८ : अहिलेसम्मका शीर्ष ३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् । उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् । फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् : ३. नेयमार (ब्राजिल) – ८.५ […]

history

July 4, 2018

इतिहास बनाउन चुक्यो स्विट्जरल्यान्ड

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८  यताको खराब इतिहासलाई निरन्तरता दिएको छ। सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन। गएराती […]

July 4, 2018

काभानी फ्रान्सविरुद्ध खेल्नेमा शंका

मस्को (एजेन्सी)– उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीको चोट गम्भिर नरहेको उरुग्वे फुटबल संघले जनाएको छ । पोर्चुगलविरुद्ध शनिबार भएको विश्व कप क्वार्टरफाइनलमा उनकै २ गोलमा उरुग्वे २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । तर, चोटकारण उनले त्यो खेल पुरा समय खेल्न पाएनन् । बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले […]

July 4, 2018

‘नेयमारमाथिको फाउल सामान्य’– सिल्भा

मस्को (एजेन्सी)– नेयमारमाथि हुने फाउलले आफुलाई आश्चार्यमा नपारेको ब्राजिलका सेन्टर ब्याक थिएगो सिल्भाले बताएका छन् । बार्सिलोनाका पूर्व स्टारलाई रोक्न सहज नहुने भएकाले फाउल गरिने उनको भनाई छ ।   चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमार विश्व कपको केहि दिन अघि मात्र मैदान फर्केका थिए । त्यसयता मेक्सिकोलाई २–० ले हराउँदा नेयमार आफ्नो […]

July 4, 2018

इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा, टाइब्रेकरमा कोलम्बिया बाहिरियो

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल […]

Success

Thank you for your time.